२०८३ साउन ९ शनिबार

‘नमस्ते पे’मा लोयल्टी पोइन्ट सेवा सुरु, ८ पोइन्ट बराबर १ रुपैयाँ

ई आर्थिक    मंगलबार, साउन २४ २०७९
7.8K
Shares
‘नमस्ते पे’मा लोयल्टी पोइन्ट सेवा सुरु, ८ पोइन्ट बराबर १ रुपैयाँ

ई–आर्थिक, काठमाडौं । मोबाइल वालेट कम्पनी नमस्ते पेले थप ग्राहकलाई आकर्षित गर्न आफ्नो एपमा लोयल्टी पोइन्ट सेवा सुरु गरेको छ । योसँगै नमस्ते पेका प्रयोगकर्ताले नमस्ते पेमा उपलब्ध विभिन्न सेवा प्रयोग गरेवापत लोयल्टी पोइन्ट प्राप्त गर्नेछन् ।

यसअन्तर्गत प्रयोगकर्ताले हरेक १०० रूपैयाँको खर्चमा २ पोइन्ट प्राप्त गर्नेछन् । त्यस्तै ८ ओटा पोइन्ट बराबर १ रुपैयाँ प्राप्त हुने कम्पनीले जनाएको छ ।

सेवा प्रयोग गरेको अनुपातमा प्रयोगकर्ताले लोयल्टी पोइन्ट संकलन गर्न सक्नेछन् । यो कोइन प्रयोग गरी विभिन्न भ्वाइस/डेटा प्याक र टप–अप रिडिम गर्न सकिने कम्पनीले जनाएको छ ।

विभिन्न कुपन/अनलाइन शपिङ भाउचर जित्ने मौका, विशेष अवसरमा प्रयोगकर्ताले ‘एनपी पोइन्ट’लाई नमस्ते पैसा वालेट ब्यालेन्सको रूपमा रूपान्तरण गर्न समेत सकिने जनाइएको छ ।

एयरलाइन्स टिकटहरू/होटलहरू/ट्रिपहरू र थप डिजाइन गरिएका अभियानमा समेत प्रयोगकर्ताले पोइन्ट रिडिम गर्ने मौका पाउने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij