ई–आर्थिक, काठमाडौं । डिशहोममा १ वर्षको रिचार्ज गर्दा माडि गा पा घर्तीगाउँका तारकेबाङ सत्लिमारे माडि लघुजलबिद्युतका सचिव ज्ञान बहादुर खड्का र सदस्यद्वय बिजय कुमार घर्तीले नगद एक लाख जितेका छन् ।
१ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यो योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् ।
साथै कम्पनीले यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउने योजना ल्याएको थियो । यसै क्रममा खड्का र घर्तीले १ लाख जितेका हुन् ।
नमुना स्याटलाईट प्रा लि डिलर अन्तर्गत रहेको घर्ती गाउँ रोल्पाका चन्द्र इलेक्ट्रोनिक्सका डिलर दाईहरु चन्द्र घर्तीकोमा एक वर्ष रिचार्ज गरेर पन्तले लक्कि ड्रमा सहभागी हुने अवसर पाउनुभएको थियो ।
डिशहोमको तर्फवाट रिजनल सेल्स म्यानेजर निर्मल आचार्य र सेल्स अफिसर सङ्गित बिष्टबाट डिलर दाइ चन्द्र घर्ती, भबन सिह बुढा, ससिराम बुढाको उपस्थितिमा जित्नुभएको पुरस्कार रकम हस्तान्तरण गर्नु भएको छ ।
विजेता खड्कालाई हार्दिक वधाई दिदै सम्पूर्ण डिशहोम डि.टि.एच.का ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिनुहुनेछ भन्ने विश्वास कम्पनीले लिएको छ ।
लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी., नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्नसक्ने व्यवस्था मिलाइएको छ ।