२०८३ साउन १० आइतबार

सूर्योदय वोमी लघुवित्तले रु. १३.९६ करोड नाफा ग¥यो, रिजर्भमा ८९.५२ प्रतिशतको छलाङ

ई आर्थिक    बुधबार, साउन १८ २०७९
11.2K
Shares
सूर्योदय वोमी लघुवित्तले रु. १३.९६ करोड नाफा ग¥यो, रिजर्भमा ८९.५२ प्रतिशतको छलाङ

ई–आर्थिक, काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासमा नाफा रु. १३.९६ करोड नाफा गरेको छ । कम्पनीले सार्वजानिक गरको अपरिष्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिमा संस्थाले १३ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि १६.०६ प्रतिशतले घटेर १८ करोड ७९ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा २२ करोड ३९ लाख रुपैयाँ थियो ।

गत वर्ष संस्थाले ४६ करोड ७६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ३२ करोड १० लाख रुपैयाँमा सीमित थियो । खुद ब्याज आम्दानी पनि ४५.६७ प्रतिशतले बढेको छ ।

समीक्षा वर्षमा संस्थाले ५ अर्ब ७० करोड रुपैयाँ सापटी लिई १० अर्ब ७३ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष संस्थाले २ अर्ब १२ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ५४ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

संस्थाको रिजर्भको आकार ८९.५२ प्रतिशतले बढेर ५५ करोड ८७ लाख रुपैयाँको उचाइमा पुगेको छ । अघिल्लो वर्ष रिजर्भमा २९ करोड ४८ लाख रुपैयाँमा सीमित थियो ।
संस्थाको एनपीएलमा बढेर ३.४६ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष एनपीएल २.०८ प्रतिशत थियो ।

चुक्तापुँजी ७९ करोड १९ लाख रुपैयाँ रहेको संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस० १७.६३ रुपैयाँ, पीई रेसियो ४४.४१ गुणा र प्रतिसेयर नेटवर्थ १७०.५५ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij