२०८३ साउन १० आइतबार

“बालेन, गोपाल र हर्क ! सबैको आ-आफ्नो शर्त !”

ई आर्थिक    मंगलबार, साउन १७ २०७९
9.8K
Shares
“बालेन, गोपाल र हर्क ! सबैको आ-आफ्नो शर्त !”

राष्ट्रको एक उच्च तहमा रहेर सेवा गरिरहनु भएका राष्ट्रसेवक सुशिल पराजुलीले हजार भन्दा बढी गीत कविता लेखिसक्नु भएको छ । पराजुली नम्र र मिजासिलो स्वभावको हुनुहुन्छ । उहाँका सबैजसो सिर्जनाहरु पनि आफ्नै जिवनशैली जस्तै सरल र सकारात्मक सन्देश दिने किसिमकै हुन्छन् ।

त्यस्तै सन्देश दिने उहाँका केही गीत, कविताका केही कृतिहरु समेत प्रकाशित भइसकेका छन् । राष्ट्रको सेवासँगै आफूले सिर्जना गरेको केही गीत कविताहरु पछिल्लो समयमा विभिन्न सञ्चार माध्यममा धमाधम प्रकाशित भइरहेका छन् ।

हालै सम्पन्न स्थानीय निकायको निर्वाचनमा स्वतन्त्र पदबाट निर्वाचित तीन नगरका चर्चित मेयरका तीन पात्रलाई लक्षित गर्दै उहाँले आफ्नो पछिल्लो सिर्जना तयार गर्नुभएको छ ।
पछिल्लो सयम उहाँले सिर्जना काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल र धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङलाई लक्षित रहेका छन् ।

उहाँहरुलाई लक्षित पराजुलीका सिर्जना यहाँ प्रस्तुत गरिएको छ ।

बालेन :

आषिश पाएँ शिरमा, पशुपती नाथको !
दाजु बहिनी बिचको, छुट्ने छैन साथ यो !!
मेरो उपर सबैको, अनमोल आश छ !
दिव्य कान्तिपुरमा मेरो, मन् बचन खास छ !!

गोपाल :

उग्र साथ पाएँ मैले, उग्रतारा माता लाई !
अटल अमर राख्नेछु म, माताको यो नातालाई !!
पश्चिम तिर सबैको, अनमोल आश छ !
घनगढीको सेरोफेरो , मन् बचन खाश छ !

हर्क :

माना होईन पाथी पाथी, पाथीभरा मातालाई !
आशिर्वाद मिली रहोस, शिर माथी सदालाई !!
पूर्व तिर सबैको, अनमोल आश छ !
ईटहरीको सेरोफेरो, मन् बचन खाश छ !!

बालेन :

स्वतन्त्र भै लड़यौ हामी, आ -आफ्नो हितले !
सारा नगरबासीको, अमूल्य त्यो प्रितले !!
नमूना नै बनाउनु छ, राजधानीको फेरो लाई !
भनून् सबले देखेर, बनाउँछु म मेरो लाई !!

गोपाल :

धैर्य गरी कुरी बस्दा, बल्ल फल चाख्दैछु !
घर घरमा खुशी छर्न, दीगो पाईला चाल्दैछु । !
नमूना नै बनाई छाड्छु, पश्चिमको यो माटोलाई !
हिडुन् सबले टेकेर, फराकीलो बाटो लाई !

हर्क :

सादा जीवन तर उच्च, थियो मेरो चाहना !
साथ पाएँ दुनियाको, पुरा भयो भाबना !!
झुल्के घामले टल्कनेछ, पुर्वको यो गाथा लाई !
उच्च राख्ने छु म सबको, शिरमा सगरमाथालाई !!

बालेन : स्वतन्त्र भै जुट्यौ हामी, मेची–काली जुटेमा !
गोपाल : बिकाश गराँ आफ्नो ठाउँ, यदि हामी फुटेमा !!
हर्क : कुरा काट्न शुरू गर्छन्, यदि हामी सुतेमा !!

संयुक्त : एउटै मन् एउटैबिचार, एउटै हाम्रो भावना !!
दीगो शान्ति दीगो बिकाश, यहि हाम्रो चाहना !!

लेखक : सुशिल पराजुली

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij