२०८३ साउन ९ शनिबार

डिशहोमद्वारा आईपी टीभीको शुभारम्भ, २ सयभन्दा बढी च्यानल र ५ सयभन्दा बढी फिल्म हेर्न सकिने

ई आर्थिक    बुधबार, साउन ११ २०७९
5K
Shares
डिशहोमद्वारा आईपी टीभीको शुभारम्भ, २ सयभन्दा बढी च्यानल र ५ सयभन्दा बढी फिल्म हेर्न सकिने

ई–आर्थिक, काठमाडौँ : डिस मिडिया नेटवर्क (डिसहोम)ले आइटिभी सुरु गरेको छ । डिसहोमले प्रविधिमा आएको परिवर्तन र ग्राहकहरुको चाहनालाई मध्यनजर गर्दै आइटिभी सुरु गरेको हो ।

पेटिभीमा मात्र आफ्नो सेवा प्रदान गरिरहेको डिस मिडिया नेटवर्कले आफ्नो व्यवसाय विस्तारसँगै गुणस्तरीय सेवा प्रदान गर्न केवल टिभी, इन्टरनेट, टेरेस्टेरियल टिभी र आइटिभीमा सेवा विस्तार गरेको बताएको छ । आइ टिभी सेटअपमा र्‍याम १ जीबी/रोम ८ जीबी, २.० यूएसबी स्लोट, पावर इन्पुट १२ भोल्ट, क्विक एप लञ्च बटम अन द रिमोट, भिडियो डिकोडिङ फोरकेलगायत स्पेसिफिकेसन रहेको कम्पनीले बताएको छ ।

डिस मिडिया नेटवर्कका अध्यक्ष हेमराज ढकालले १२ औँ वर्षको यात्रामा नयाँ सेवाको रुपमा आईटिभी सुरु गरेको बताएका छन्। उनले विश्वमा विकास भएका राम्रा प्रविधि भित्र्याउन डिसहोमले कुनै सम्झौता नगरेकोसमेत बताएका छन्।

उनी भन्छन्, ‘अहिले टेलिभिजन हेर्ने तरिका परिवर्तन भएको छ। बच्चादेखि वृद्धसम्मले चाहने कन्टेन्ट उपलब्ध गराउँछौँ।’

डीटीएच र टेरेस्टेरियलभन्दा फरक प्रविधि इन्टरनेट प्रोटोकल बेस आईटिभीमा २०० भन्दा बढी टिभी च्यानलहरु, भिडिओ अन डिमान्ड, क्याच अप टिभी, युटुब, टिकटकलगायत फिचर्स उपलब्ध छन् ।

कम्पनीले प्याकेज लिएपछि २०० बढी च्यानल, ५०० बढी फिल्म, नेटफ्लिक्स अकाउन्ट भएकाले टिभी वा मोबाइलमा हेर्न सकिने जनाएको छ ।

प्रबन्धनिर्देशक सुदीप आचार्यले एनालगबाट डीटीएच हुँदै आई टिभीमा आइपुगेको बताएका छन्। उनले डीटीएच सेवा हुँदाहुँदै आईटिभी ल्याएको बताए ।

उनले केही समयमै कम्बो प्याकेज सार्वजनिक हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij