ई–आर्थिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ चियानचाओले शिष्टाचार भेट गर्नुभएको छ ।
आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेर चियानचाओले भेटवार्ता गर्नुभएको हो ।
सीपीसीको विदेश विभाग प्रमुख लिउ नेतृत्वको टोली तीन दिनसम्म नेपालमा रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । आठ सदस्यीय टोलीसहित उहाँ आइतबार बिहान नेपाल आउनुभएको हो ।
लिउले राष्ट्रपति विद्यादेवी भण्डारीसँगै अन्य दलका अध्यक्ष लगायत नेतासँग भेटवार्ता गर्नुहुनेछ ।