२०८३ भाद्र ३१ बुधबार

लुम्बिनी विकास बैंकद्वारा आँखा उपचार केन्द्रलाई सहयोग

ई आर्थिक    आइतबार, असार २६ २०७९
7.1K
Shares
लुम्बिनी विकास बैंकद्वारा आँखा उपचार केन्द्रलाई सहयोग

ई–आर्थिक, रौतहट । लुम्बिनी विकास बैंक, चन्द्रपुर शाखाले वार्षिकोत्सवको अवसरमा चन्द्रपुर आँखा उपचार केन्द्रलाई सहयोग गरेको छ । बैंकले १५औं वार्षिकोत्सवको अवसरमा केन्द्रलाई वाटर डिस्पेन्सर, कुर्सी लगायत सामग्री सहयोग गरेको हो ।

बैंकका मधेश प्रदेश प्रमुख मोहनराज गिरीले आँखा उपचार केन्द्रका प्रमुख रियाजुद्दिन रैनलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए ।

बैंकको चन्द्रपुर शाखाका प्रमुख सुबोध कोइरालाले आँखा उपचार केन्द्रका सेवाग्राहीलाई सजिलो होस् भन्ने उद्देश्यले उक्त सहयोग गरिएको बताए । बैंकका मधेश प्रदेश प्रमुख गिरीले बैंकले आर्थिक कारोबार मात्र नभई सामाजिक कार्य पनि गर्दै आएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij