२०८३ भाद्र ३० मंगलबार

लुम्बिनी विकास बैंकद्वारा कीर्तिमानी पर्वतारोही शेर्पालाई सम्मान

ई आर्थिक    आइतबार, असार १० २०८०
6.5K
Shares
लुम्बिनी विकास बैंकद्वारा कीर्तिमानी पर्वतारोही शेर्पालाई सम्मान

ई–आर्थिक, काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले कीर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई सहित सम्मान–पत्र प्रदान गरेको छ ।

एक कार्यक्रमको आयोजना गरी पर्वतारोही शेर्पाले २८औँ पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणको क्रममा लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानर सहित उच्च शिखरमा पुगी आफ्नो नाम पुनः गिनिज बुक अफ वर्ल्ड रेकर्डस मा लेखाउन सफल भएकोमा बैंकले उत्तरोत्तर प्रगतिको कामना सहित सम्मान–पत्र प्रदान गरेको हो ।

सो सम्मान–पत्र बैंकका अध्यक्ष चिन्तामणि भट्टराईले विकास बैंकको केन्द्रीय कार्यालय डिल्लीबजारमा एक कार्यक्रमका बीच प्रदान गरेका थिए । कीर्तिमानी पर्वतारोही कामी रिता शेर्पा बिगत दुई दशक देखि सो लुम्बिनी विकास बैंकमा ‘निरन्तर सहयात्री’ बनी आवद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij