२०८३ साउन ९ शनिबार

लुम्बिनी विकास बैंकद्वारा लाभांश घोषणा

ई आर्थिक    मंगलबार, मंसिर ६ २०७९
8.7K
Shares
लुम्बिनी विकास बैंकद्वारा लाभांश घोषणा

ई–आर्थिक, काठमाडौं । लुम्बिनी विकास बैंकले आव २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले हाल कायम चुक्तापूँजीको ९ प्रतिशत नगद लाभांश (करसहित) र ३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले अघिल्लो आवको मुनाफाबाट शेयरधनीलाई १३ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गरेको थियो । यसरी हेर्दा गत वर्ष भन्दा यस वर्ष कम्पनीले नगद लाभांशमा जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij