२०८३ साउन १२ मंगलबार

माफियाकै कब्जामा नदीजन्य पदार्थ : खोला उत्खनन गर्छन्, राजस्व तिर्दैनन्

ई आर्थिक    बुधबार, असार २२ २०७९
2.9K
Shares
माफियाकै कब्जामा नदीजन्य पदार्थ : खोला उत्खनन गर्छन्, राजस्व तिर्दैनन्

बारा : मधेश प्रदेशकै सबैभन्दा बढी क्रसर भएको बारा जिल्लामा रहेका खोलाहरूबाट नदीजन्य पदार्थहरूको ठेक्का सकार गर्ने ठेकेदारहरूले ठेक्का रकम र राज्यलाई तिर्नुपर्ने राजस्व नतिर्ने गरेको भेटिएको छ।

आर्थिक वर्ष २०७६/०७७ मा पसाहा खोलाबाट उत्खनन गरिएको नदीजन्य पदार्थ लाग्ने मूल्य अभिवृद्धि कर र थप आय नतिरेको भेटिएपछि २०७९ वैशाख महिनामै ओम सप्लायर्सबाट जरिबाना र हर्जना गरेर एक करोड ७३ लाख असुल्ने प्रक्रिया अगाडि बढाइएको आन्तरिक राजस्व कार्यालय सिमराले जनाएको छ।

खोलाहरू पर्ने जितपुरसिमरा उपमहानगरपालिका र कोल्हवी नगरपालिकाबाट नदीजन्य पदार्थको ठेक्का स्कार गर्ने ठेकेदारहरूले सकार गरेको रकम र आन्तरिक राजस्व कार्यलयलाई तिर्नुपर्ने मूल्य अभिवृद्धि कर र थप आय तिर्न नगरेको भेटिएको हो।

जितपुरसिमरा उपमहानगरपालिका क्षेत्रमा पसाह, दुधौरा, बालगंगाबाट नदीजन्य पदार्थ उत् ठेक्का लाग्ने गरेको छ भने कोल्हवी नगरपालिका क्षेत्रमा पर्ने बकैया खोलाबाट नदी जन्य पदार्थ उत्खन्नको ठेक्का लाग्ने गरेको छ।

जितपुरसिमरा उपमहानगरपालिकाबाट पसाहा खोलाबाट नदीजन्य पदार्थ उत्खननको लागि ठेक्का सकार गरेका कलैयाको ओम सप्लायर्सलाई आन्तरिक राजस्व कार्यालय सिमरा, बाराले एक करोड ७३ लाख जरिबाना तिराउने प्रक्रिया अगाडि बढाएको छ।

आर्थिक वर्ष २०७६/०७७ मा पसाहा खोलाबाट उत्खन्न गरिएको नदीजन्य पदार्थ लाग्ने मूल्य अभिवृद्धि कर र थप आय नतिरेको भेटिएपछि २०७९ वैशाख महिनामै ओम सप्लायर्सबाट जरिबाना र हर्जना गरेर एक करोड ७३ लाख असुल्ने प्रक्रिया अगाडि बढाइएको आन्तरिक राजस्व कार्यालय सिमराले जनाएको छ।

ओम सप्लायर्सका प्रोप्राइटर ओम शंकर प्रसादबाट मूल्य अभिवृद्धि कर ४८ लाख थप आयमा एक करोड २५ लाख गरेर एक करोड ७३ लाख असुल्नको लागि बैंक खातासमेत रोक्का गरिएको आन्तरिक राजश्व कार्यालय सिमरा बाराले जनाएको छ।

त्यसैगरी असार १० अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ओम सप्लायर्सले जीतपुरसिमरा उपमहानगरपालिकासँग नदीजन्य पदार्थको ठेक्का स्करा गरेर राज्यको स्रोत साधनको दोहन गरे पनि कबोल बमोजिमको रकम ओम सप्लायर्सका प्रोप्राइटर ओम शंकर प्रसादले नतिरेकोमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

आर्थिक वर्ष २०७६/०७७ को लागि ओम सप्लायर्सले जितपुरसिमरा उपमहानगरपालिकाबाट पसाहा खोलाबाट नदीजन्य पदार्थ ठेक्का सकारपछि तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईंसँगको मिलोमतोमा राजस्व रकम नतिरेका र खोलानालाहरूमा पनि मनोमानी उत्खनन गरेर प्रकृति स्रोतको दोहन गरेपछि कम ओम सप्लायर्सका प्रोप्राइटर ओम शंकर प्रसादले र सेढाईंविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्नुपरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले बताए।

नदीजन्य पदार्थको ठेक्काको रकम उपमहानगरपालिकाको खातामा जम्मा नगरिएर हिनामिना गराएको आरोपमा ओम सप्लायर्सका प्रोप्राइटर ओम शंकर प्रसादको एक करोड ३८ लाख र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईंविरुद्ध २ करोड २० लाख, रूपैयाँ राजस्व रकम चुहावट गरेको आरोपमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भण्डारीको भनाइ छ।

अख्तियारले मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका ४ का न्यू पाथिभरा सप्लायर्सका प्रोपाइटर मिराकुमारी श्रेष्ठलाई बिगो १ करोड ६६ लाख बिगो सहित बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

ओम शंकर प्रसादका प्रोप्राइटर ओम शंकर प्रसादको जीतपुरसिमरा उपमहानगरपालिकाबाट आर्थिक वर्ष २०७६/०७७ को लागि बालगंगा खोलाबाट नदीजन्य पदार्थ उत्खन्न गर्न ठेक्का कबोल गर्दा सकार गरेको रकममध्ये एक करोड ६६ लाख दाखिला गरेको नदेखिएकोले एक करोड ६६ लाख बिगोसहित विशेष अदालतमा मुद्दा दायर गर्नुपरेको प्रवक्ता भण्डारीले दाबी गरे।

आन्तरिक राजस्व कार्यालय सिमरा, बारा र अख्तियार दुरूपयोग अनुसन्धान आयोग नदीजन्य पदार्थको ठेक्का लिएर नदीजन्य पदार्थलाई आफूखुसी बिक्री गरेर करोडौं कमाउने ओम सप्लायर्सको प्रोप्राइटर ओम शंकर प्रसाद र न्यू पाथिभरा सप्लायर्सका प्रोपाइटर मिराकुमारी श्रेष्ठबाट करोडभन्दा बढी असुल्न जरिबाना गर्नु एक अनियमितताको उदाहरण मात्रै भएको समाचार उपेन्द्र यादवले आजको नागरिकमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij