२०८३ साउन ९ शनिबार

बलात्कार मुद्दाका अभियुक्त ‘सिद्धबाबा’को नागरिकता दुईवटा

ई आर्थिक    सोमबार, असार १३ २०७९
6.1K
Shares
बलात्कार मुद्दाका अभियुक्त ‘सिद्धबाबा’को नागरिकता दुईवटा

ई–आर्थिक, सुनसरी : सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले फरक मितिमा दुई वटा नागरिकता लिएको खुलासा भएको छ । बलात्कार मुद्दाका अभियुक्त गिरीले ती दुई नागरिकतामा जन्ममिति समेत फरक–फरक राखेको पाइएको छ ।

गिरीले ०४८ फागुन १२ गते बंशजको आधारमा सोलुखुम्बु जिल्ला प्रशासन कार्यालयबाट छविलाल गिरीको छोरा कृष्ण बहादुर गिरी भएको पहिलो नागरिकता लिएका छन् । त्यहाँ उनको ठेगाना जुवु– १ र जन्म मिति २०३० मंसिर १० गते उल्लेख छ । त्यसैगरी नागरिकता प्रमाणपत्र नम्बर २२२७÷५९५ रहेको छ ।

बनस्पती द्रव्यगुणमा जर्मनीको पेन्सिलभेनिया विश्वविद्यालयबाट विद्यावारिधि गरेको भन्दै आएका उनले दोश्रो नागरिकता जिल्ला प्रशासन कार्यालय सुनसरीबाट ०६५ पुस १७ गते लिएका छन् । बंशजकै आधारमा निकालेका उक्त

नागरिकतामा भने उनको नाम श्रीवैषणव कृष्णदास रहेको छ । दोश्रो नागरिकतामा जन्मस्थान ठेगाना जुवु, बाबु छविलाल गिरी, स्थायी बासस्थान बराहक्षेत्र १, जन्ममिति २०३१ साल फागुन १९ गते उल्लेख रहेको छ । पहिलो नागरिकतामा सोलुका तात्कालीन प्रशासकीय अधिकृत भीमशेर रुम्दालीले प्रमाणित गरिदिएका छन् भने दोश्रो नागरिकता सुनसरीका तात्कालीन प्रशासकीय अधिकृत बेदनिधि खनालले प्रमाणित गरिदिएको देखिएको छ ।

व्यक्ति एउटै, नागरिकता लिएको जिल्ला बेग्लाबेग्लै र जन्ममिति समेत फरक देखिएको उक्त नागरिकतामध्ये पहिलो नागरिकता १८ वर्ष पुगेपछि लिएको देखिन्छ भने दोश्रो नागरिकता ३४ वर्षको उमेरमा लिएको देखिन्छन् ।

कृष्णदासले विज्ञानको केमिस्ट्रीमा एमएस्सी, बनस्पति द्रब्यगुणमा जर्मनीको पेन्सिलभेनी युनिभर्सिटीबाट पिएचडी, चेन्नाईको सेन्ट जोसेफबाट मेट्रिक, बनारसको सम्पुर्णानन्द संस्कृत विश्वविद्यालयबाट व्याकरणमा आचार्य, आयुर्वेद विद्यामा आचार्य, ज्योतिष विद्यामा आचार्य, योग विद्यामा आचार्य, गरेको बताउँदै आएका छन् ।

कतिपयलाई बोटानिकल साइन्स पनि पढेको भन्ने गरेका छन् । उनले ०६५ सालदेखि आफ्नो नामको अगाडि विद्यावारिधिको डा. लेख्दै आएपछि पछिल्लो समयमा बलात्कार काण्डमा मुछिएपछि डाक्टर लेख्न भने छाडेका छन् ।
बलात्कार मुद्दामा अभियुक्त गिरीलाई सफाइ दिँदै जिल्ला अदालत सुनसरीले गरेको फैसलालाई उच्च अदालत विराटनगरले बदर गरिदिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij