ई–आर्थिक, काठमाडौं । प्रभु बैंक लिमिटेड र मणिग्राम विश्राम वाटिका प्रालि बिच, मणिग्राम विश्राम वाटिका प्रालिमा आकर्षक छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
बैंकका तर्फबाट मणिग्राम शाखा कार्यालयका प्रमुख सन्तोष खत्री र मणिग्राम विश्राम वाटिकाका तर्फबाट निर्देशक गिरीश मणि आचार्य दीक्षितद्वारा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।
प्रभु बैंक र मणिग्राम विश्राम वाटिका बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहक महानुभावहरुले मणिग्राम विश्राम वाटिकाद्वारा सञ्चालित होटलमा फुडमा १० प्रतिशत र लजिङ्ग सुविधामा १५ प्रतिशत छुट प्राप्त हुने भएको छ ।
उक्त सम्झौता अन्तर्गत मणिग्राम विश्राम वाटिकामा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्यु आर र पीओएस मेसिन च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, मणिग्राम विश्राम वाटिकाका सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुुने विश्वास बैंकले लिएको छ ।