ई–आर्थिक, काठमाडौं : नेपालको नम्बर १ रेमिटान्स कम्पनी आइएमईले सेवाग्राहीमैत्री ‘जोड्दै छ नाता’ अफर सार्वजनिक गरेको छ ।
ईन्टरनेशनल डे अफ फेमिलि रेमिटेन्सको अवसरमा कम्पनीले सो नयाँ अफर सार्वजानिक गरेको हो ।
अफर अनुसार ईन्टरनेशनल डे अफ फेमिलि रेमिटेन्सलाई लक्षित गरी आइएमईले विदेशबाट बैंक डिपोजिट गर्ने पाँच ९५० जना भाग्यशाली सेवाग्राहीलाई प्रतिव्यक्ति २२ हजार (कर वाहेक) उपलब्ध गराउने छ ।
यो अफर ईन्टरनेशनल डे अफ फेमिलि रेमिटेन्सका रुपमा मनाईने १६ जुन २०२२ एकदिनका लागि मात्र लागु हुने कम्पनीले जनाएको छ ।
संयुक्त राष्ट्र संघले विदेशमा श्रम गर्न जाने करौडौं नागरिकहरूले रेमिटेन्स पठाएर आर्थिक संकटलाई पार लगाएको सम्मान स्वरूप यो दिनलाई विशेष दिनको रुपमा मनाइदै आइएको हो । विकासोन्मुख देशहरूका लागि रेमिटेन्स जीवन निर्वाहको मुख्य श्रोत हो ।