२०८३ साउन ९ शनिबार

काठमाडौंको धोबीखोलामा तैरिएको अवस्थामा भेटियो पुरुषको शव

ई आर्थिक    मंगलबार, जेष्ठ २४ २०७९
8.9K
Shares
काठमाडौंको धोबीखोलामा तैरिएको अवस्थामा भेटियो पुरुषको शव

ई–आर्थिक, काठमाडौं । काठमाडौँको धोबीखोलामा एक पुरुषको शव फेला परेको छ । सुकेधाराबाट कपनमा जाने बाटोमा पर्ने धोबीखोलामा पानीमा तैरिएको अवस्थामा पुरुषको शव आज बिहान फेला परेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले धोवीखोलामा डुबेको अवस्थामा अन्दाजी ४०(४५ वर्षीय पुरुषको शव फेला परेको जानकारी दिए। स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीलाई खबर गरेसँगै उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वर र प्रहरी वृत्त महाराजगञ्जको प्रहरी टोली घटनास्थल पुगेर उक्त शवको मुचुल्का उठाउने र शवपरीक्षणका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रवक्ता मैनालीले बताए ।

त्यसबारे आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। शवको पहिचान नभएको प्रवक्ता मैनालीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij