२०८३ साउन १२ मंगलबार

भैरहवा–परासी सडकखण्डमा पर्ने रोहिणी खोलामा बस खस्दा ९ जनाको मृत्यु, २३ जना घाइते

ई आर्थिक    आइतबार, जेष्ठ २२ २०७९
2.3K
Shares
भैरहवा–परासी सडकखण्डमा पर्ने रोहिणी खोलामा बस खस्दा ९ जनाको मृत्यु, २३ जना घाइते

ई–आर्थिक, बुटवल । रुपन्देहीको भैरहवा–परासी सडकखण्डमा पर्ने रोहिणी खोलामा बस खसेको छ । उक्त खोलामा बस खस्दा ९ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु २ ख ३८४१ नम्बरको बस रोहिणी पुलको रेलिङ तोड्दै खोलामा खस्दा ३२ जना घाइते भएका थिए ।

गम्भीर घाइतेमध्ये ५ जनाको भैरहवास्थित मेडिकल कलेज र ४ जनाको भीम अस्पतालमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

आइतबार बिहान करिब साढे ४ बजे खोलामा बस खसेर घाइते भएकाहरूको भीम अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको रुपन्देही ट्राफिक प्रहरी प्रमुख केशव केसीले जानकारी दिए ।
बिहानको समयमा चालक निदाएका कारण बस दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij