२०८३ साउन १० आइतबार

कोरोनाले पनि रोकेन भारतको आर्थिक बृद्धिदरलाई, उच्च आर्थिक बृद्धिदर हासिल गर्दै ८.७ प्रतिशत कायम

ई आर्थिक    बुधबार, जेष्ठ १८ २०७९
5.9K
Shares
कोरोनाले पनि रोकेन भारतको आर्थिक बृद्धिदरलाई, उच्च आर्थिक बृद्धिदर हासिल गर्दै ८.७ प्रतिशत कायम

ई–आर्थिक, काठमाडौं । छिमेकी मुलुक भारतले आर्थिक वर्ष २०२१/२२ मा ८.७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको तथ्यांक सार्वजनिक गरेको छ । भारतको राष्ट्रिय तथ्यांक कार्यालय (एनएसओ)ले मंगलबार यस्तो तथ्यांक सार्वजनिक गरेको हो । कोरोना महामारीबाट तंग्रिदै गर्दा भारतले उच्च आर्थिक वृद्धिदर हासिल गर्न सफल भएको हो ।

एनएसओले पछिल्लो पटकको समीक्षामा ८.९ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको थियो । भारतीय रिजर्भ बैंकले सुरुमा ९।५ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको थियो । आगामी आर्थिक वर्ष २०२२र२३ का लागि भारतीय रिजर्भ बैंकले ७.२ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको छ ।

भारतले प्रत्येक तीन–तीन महिना (त्रैमासिक)मा आर्थिक वृद्धिदर सार्वजनिक गर्दै आएको छ । सार्वजनिक तथ्यांकअनुसार भारतको कुल गार्हस्थ्य उत्पादन पछिल्लो जनवरीदेखि मार्चसम्मको त्रैमासिक अवधिमा ४।१ प्रतिशतले बढेको छ । जुन वर्षको अरु त्रैमासको तुलनामा सबैभन्दा न्यून हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij