२०८३ साउन १० आइतबार

तारा एयरको विमान दुर्घटना परी मृत्यु भएका थप १२ जनाको शव पनि काठमाडौं ल्याइयो, पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइने

ई आर्थिक    मंगलबार, जेष्ठ १७ २०७९
3.8K
Shares
तारा एयरको विमान दुर्घटना परी मृत्यु भएका थप १२ जनाको शव पनि काठमाडौं ल्याइयो, पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइने

ई–आर्थिक, काठमाडौं । तारा एयरको विमान दुर्घटना हुँदा मृत्यु भएका थप १२ जनाको शव पनि काठमाडौं ल्याइएको छ । नेपाली सेनाको हेलिकप्टमार्फत मुस्ताङको कोवाङ्गबाट उक्त शव काठमाडौं ल्याइएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शववाहनमा राखेर पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । पोस्टमार्टमपश्चात शवलाई आफन्तको जिम्मा लगाइने भएको छ ।

यसअघि सोमबार १० जनाको शव काठमाडौं ल्याइएको थियो । दुर्घटनास्थल मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेबाट आज बिहान ८ः३० बजे फिस्टेल एयरको हेलिकप्टरबाट आधार स्थल कोवाङ्ग ल्याइएको थियो । त्यहाँबाट सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

आइतबार बिहान पोखराबाट जोमसोम जाने क्रममा दुर्घटनामा परेको थियो । विमानमा चालक दलका तीन जना सदस्यसहित २२ जना यात्रु रहेका थिए । दुर्घटनामा सबैको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij