२०८३ साउन १० आइतबार

नबिल बैंकको सीईओमा ज्ञानेन्द्र ढुंगाना नियुक्त, असार १७ बाट नबिलको सीईओको रुपमा पदबहाली गर्नुहुने

ई आर्थिक    बुधबार, जेष्ठ ११ २०७९
15.4K
Shares
नबिल बैंकको सीईओमा ज्ञानेन्द्र ढुंगाना नियुक्त, असार १७ बाट नबिलको सीईओको रुपमा पदबहाली गर्नुहुने

ई–आर्थिक, काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ज्ञानेन्द्र ढुंगाना नियुक्त हुनुभएको छ । जेठ ७ गते सम्पन्न बैंकको विशेष साधारण सभाले ढुंगानालाई बैंकको आगामी सीईओ नियुक्त गरेको हो ।

बैंकका वर्तमान सीईओ अनिल केशरी शाहको कार्यकाल अबको केही दिनभित्रै सकिँदै छ ।

ढुंगानाले आउँदो असार १७ बाट नबिलको सीईओको रुपमा पदबहाली गर्नुहुनेछ । राष्ट्र बैंकसँग अन्तिम स्वीकृतिका लागि जानुअघि नबिलले गत शनिबार गरेको विशेष साधारण सभाबाटै एकीकृत कारोबारको सुरुवाती दिनदेखि नै बैंकको प्रमुख कार्यकारीको भूमिका सम्हाल्ने गरी ढुंगानालाई सीईओ नियुक्तिको निर्णय गरेको थियो ।

यसअघि नबिलसँग मर्ज हुन लागेको नेपाल बंगलादेश बैंक (एनबी) मा एक दशक उहाँले व्यवस्थापकीय नेतृत्व गर्नुभएको थियो । ढुंगानाले गत पुस अन्तिम साता नेपाल बंगलादेश बैंकको सिईओबाट अवकाश लिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij