यज्ञ कार्की, संखुवासभा । संखुवासभा मादी नगरपालिका १ उम्लिङ स्थानीय निर्वाचनको तयारी लगभग पुरा भएको छ ।
मादी नगरपालिका जम्मा ९ वटा वडा मध्ये सबैभन्दा धेरै मतदाताको संख्या भने ४ नम्बर वडा रहेको छ । ४ नम्बर वडामा मात्र २१३० र सभैभन्दा कम मतदाता ६ नम्बर रहेको छ । मादीनगरपालिका १ नम्बर मा भने १२५९ रहेको छ । वडा १ मा १२५९ वडा २ ७०९१ वडा ३ १७६१ वडा ४ २१३०वडा ५ १७७८ वडा ६ १०९५ वडा ७ ८४६ वडा ८ ७६५ वडा ९ १०१५ रहेको छ भने जम्मा मतदाताको संख्या ११४४० रहेको छ ।
भौगोलिक हिसाबले जिल्लाबाट धेरै टाढा रहेको यस मादी नगरपालिका १ भने दुर्गम क्षेत्र मानिन्छ ।
सो ठाउबाट मतदान स्थलसम्म आउन मात्र १ धन्टा भन्दा धेरै समय लाग्ने र दीर्घ रोगी बुढापाका बाल बच्चालाई हिडेर मतदाता स्थलमा आउन धेरै समस्या स्थानीयहरु बताउँछन् । बर्खाको समयले गर्दा बाटो धाटो चिप्लो हुने भएकाले झन कडिन पर्ने गर्दछ ।
मादी नगरपालिका १ मा भने बिभिन्न किसिमका हत्या हिंसा बढी हुने भएकाले पनि विशेष सुरक्षा फोर्स तैनाथ गरिएको छ ।त्यहाँको सुरक्षाको लागि सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, म्यादी प्रहरी खटाइएको छ ।
मादी नगरपालिकाको कुल जनसंख्या १५३७६ रहेको छ । त्यसमा महिला ७९०३ रहेको छ भने पुरुष ७४७३ रहेको छ । सो नगरपालिकाको कुल मतदाता संख्या भने ११४४० रहेको छ ।