२०८३ साउन १० आइतबार

निर्वाचनमा सुरक्षाकर्मी र म्यादी प्रहरीको मृत्यु भए परिवारले २० लाख पाउने, हिमाली जिल्लामा खटिने म्यादी प्रहरीलाई रासनभत्ता

ई आर्थिक    आइतबार, बैशाख २५ २०७९
3.4K
Shares
निर्वाचनमा सुरक्षाकर्मी र म्यादी प्रहरीको मृत्यु भए परिवारले २० लाख पाउने, हिमाली जिल्लामा खटिने म्यादी प्रहरीलाई रासनभत्ता

ई–आर्थिक, काठमाडौं । निर्वाचनको सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मीको मृत्यु भएमा निजको आश्रित परिवारलाई २० लाख रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउने सरकारले निर्णय गरेको छ ।

गृहमन्त्री बालकृष्ण खाणको प्रस्तावमा आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको सुरक्षामा खटिने म्यादी प्रहरीसहितका सुरक्षाकर्मीको मृत्यु भएमा निजको आश्रित परिवारलाई २० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरको हो ।

‘निर्वाचन सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मी (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग) तथा म्यादी प्रहरीको मृत्यु भएमा निजको आश्रित परिवारलाई रुपियाँ २०,००,०००।– (अक्षरेपी बीस लाख) आर्थिक सहायता उपलब्ध गराउने,’ मन्त्रिपरिषद् बैठकको निर्णयमा भनिएको छ ।

त्यस्तै, बैठकले निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मी (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग) तथा म्यादी प्रहरीको उपचारमा लागेको खर्च पनि सरकारले व्यहोर्ने निर्णय गरेको छ ।

बैठकले हिमाली जिल्लामा खटिने म्यादी प्रहरीलाई प्रहरी जवान सरह जिल्लागत दररेट अनुसार रासनभत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij