२०८३ साउन १२ मंगलबार

काठमाडौं केन्द्रित सत्ता गठबन्धनको चुनावी सभा सम्पन्न

ई आर्थिक    शुक्रबार, बैशाख २३ २०७९
5.4K
Shares
काठमाडौं केन्द्रित सत्ता गठबन्धनको चुनावी सभा सम्पन्न

ई–आर्थिक, काठमाडौं । पाँच दलीय सत्ता गठबन्धन शुक्रबार राजधानीमा चुनावी सभा गरेको छ । काठमाडौँको शान्ति वाटिकामा सत्ता गठबन्धनका शीर्ष नेताको सहभागितामा चुनावी सभा भएको हो ।

सभामा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित सत्ता गठबन्धनका शीर्ष नेता सहभागी हुनुहुन्छ । सभामा काँग्रेस, माओवादी केन्द्र। एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले सम्बोधन गर्नुहुनेछ।

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन दलले स्थानीय आवश्यकतानुसार चुनावी तालमेल गरेका छन् । निर्वाचनको तयारीका लागि गठबन्धन दलले बिहीबार चितवनमा आमसभा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij