२०८३ साउन १० आइतबार

‘निर्माण व्यवसायीका समस्या समाधानमा सरकार गम्भीर’

ई आर्थिक    मंगलबार, बैशाख २० २०७९
3.4K
Shares
‘निर्माण व्यवसायीका समस्या समाधानमा सरकार गम्भीर’

ई–आर्थिक, काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले निर्माण व्यवसायीका समस्या समाधान गर्न आफू गम्भीर रहेको बताएकी छन्। निर्माण क्षेत्र अस्तव्यस्त बनेको बताउँदै उनले व्यवसायीका आवश्यक माग सम्बोधनको पहल गरिने बताइन्।

नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँग सोमबार भएको भेटमा मन्त्री झाँक्रीले अन्य मन्त्रालयसँग समन्वयका लागि पहल गर्ने बताइन्। उनले भनिन्, ‘निर्माण व्यवसायीका समस्या समाधानका लागि हामी गम्भीर छौँ। सकारात्मक रूपमा समस्या समाधानको पहल खोजौँ। निर्माणका काम रोकेर नबसौँ ।’

ठूला आयोजनामा म्याद थप्न समस्या नभए पनि साना आयोजनाको म्याद थपेर बस्दा नयाँ कार्यक्रमबारे अन्योलता सिर्जना हुने उनले बताइन्।

भेटमा महासङ्घका अध्यक्ष रवि सिंहले विकास परियोजनालाई तीव्र गतिमा अगाडि बढाउनका लागि अन्य मन्त्रालयसँग समन्वय गरिदिन आग्रह गरिन्। उनले निर्माण सामग्रीमा भएको मूल्य वृद्धि समायोजन गर्न अनुरोध गरिन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij