ई–आर्थिक, काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) राजु अर्याललाई प्रहरी प्रमुख आइजीपीमा बढुवा गरिने भएको छ । अर्याललाई आईजीपीमा बढुवा गर्न गृह मन्त्रालयले प्रस्ताव समेत गरेको छ ।
अर्याल केहीसाता अघि मात्र डिआइजीबाट एआईजीमा बढुवा भएका थिए । उनको बढुवासँगै आईजीपी बन्ने पक्का भएको थियो ।