२०८३ साउन १२ मंगलबार

भ्रष्टाचारको आरोपमा २३ जना विरुद्ध मुद्दा दायर, सार्वजानिक सम्पत्ति दुरुपयोग गरेको अख्तियारको ठहर

ई आर्थिक    सोमबार, बैशाख ५ २०७९
26K
Shares
भ्रष्टाचारको आरोपमा २३ जना विरुद्ध मुद्दा दायर, सार्वजानिक सम्पत्ति दुरुपयोग गरेको अख्तियारको ठहर

ई–आर्थिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा २३ जना विरुद्ध मुद्दा दायर भएको छ । अख्तियारले सप्तरीका नौ र अर्घाखाँची पाँच गरी २३ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आइतबार मुद्दा दायर गरेको हो । आयोगले सप्तरी जिल्लाको बलान–बिहुल गाउँपालिकाका उप–प्रमुख रुवी गुप्ता, प्रमुख प्रशासकीय अधिकृत एवम् उपभोक्ता समितिका अध्यक्षसमेत नौजनाविरुद्ध गलत प्रतिवेदन तयार गरी भ्रष्टाचारको गरेकोमा आरोप–पत्र दर्ता गरेको हो ।

बलान बिहुल गाँउपालिका–४ को अधुरो वडा कार्यालय भवन निर्माण कार्य सम्पन्न भएर सेवा प्रवाह भइराखेको भएता पनि वास्तविक कामभन्दा बढी काम देखाई सोहीबमोजिम भुक्तानीसमेत भएको पाइएको छ।

सो कार्यमा संलग्न बलान बिगुल गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महेशकुमार यादव, तत्कालीन योजना शाखा प्रमुख रमेश मरिक यादव, तत्कालीन प्राविधिक शाखा प्रमुख सब-इन्जिनियर सन्तोषकुमार रजक र तत्कालीन स-लेखापाल सुभाषचन्द्र लालले गलत मूल्याङ्कन गरी प्रतिवेदन तयार गरेको आयोगको ठहर छ ।

यस कार्यबाट नेपाल सरकारलाई १० लाख पाँच हजार ४९७ रुपियाँ हानि नोक्सानी भएको दाबी गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता भएको हो ।

बलान विहुल गाउँपालिकाका उप–प्रमुख रुवी गुप्ता र गाउँ कार्यपालिका सदस्य हरिप्रसाद मोचीले पनि अनुगमन प्रतिवेदन नै गलत बनाइ सिफारिस गरेकाले गुप्ता र मोचीविरुद्धसमेत भ्रष्टाचारको मुद्दा दर्ता भएको आयोगले जनाएको छ ।

यसैगरी, आयोगले जिल्ला अर्घाखाँची साविक ठाडा गा.वि.स. वडा नं १ का तत्कालीन गा।वि।स सचिव हिमबहादुर भाट, सव–इन्जिनियर र उपभोक्ता समितिका अध्यक्षसमेत पाँचजना उपर गैरकानूनी लाभ तथा हानि पु¥याई भ्रष्टाचार गरेकोसम्बन्धी आरोप–पत्र दर्ता गराएको छ ।

सो जिल्लाको शितगंगा नगरपालिका, वडा नं. ३ स्थित ज्योति बहुमुखी क्याम्पसका लागि साविक ठाडा गाउँ विकास समिति र जिल्ला विकास समितिको कार्यालयबाट क्याम्पसको भवन तथा सडक निर्माणको बढी मूल्याङ्कन गरेर भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।

आयोगले मालपोत कार्यालय टोखा, सरस्वती, काठमाडौंको मुद्दा फाँटमा कार्यरत खरिदार विनोद तिवारीलाई २० हजार रुपियाँ घुस लिएको अभियोगमा पक्राउ गरिएको जानकारी आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij