ई–आर्थिक, काठमाडौं । साइकोलोजिकल थ्रिलर चलचित्र ‘षट्कोण’ वैशाख २३ गतेदेखि प्रदर्शनमा आउने भएको छ । यो चलचित्र आगामी वैशाख २३ गतेबाट प्रदर्शन आउने गरी तयारी भइरहेको निर्माण टोलीले जानकारी दिएको छ ।
चलचित्र निर्माण टोलीले फस्ट लुक सार्वजनिक गर्दै चलचित्रका मुख्य पात्र कर्मालाई प्रस्तुत गरेको छ ।
क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रका निर्देशक मिलन डि काप्री हुन्। उनले यही चलचित्रबाट निर्देशनमा डेव्यु गर्दैछन् । कोरोना महामारी अगाडि नै निर्माण भएको चलचित्रको सम्पूर्ण काम सकेर प्रदर्शन मिति घोषणा गरिएको निर्देशक काप्रीले बताए ।
चलचित्रमा कर्माका अलवा भोलाराज सापकोटा, लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेमको अभिनय रहेको छ। शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको चलचित्रको संवाद महेश दवाडीले लेखेका हुन् ।
चलचित्रमा आङ्चेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डि काप्रीले सम्पादन छ। यो चलचित्रलाई वितरणको जिम्मा आरआर फिल्मस्ले लिएको छ।