२०८३ साउन ९ शनिबार

भक्तपुर जिल्ला सीसीटीभी जडान समितिलाई सेञ्चुरी बैंकको आर्थिक सहयोग

ई आर्थिक    बिहिबार, फाल्गुन २६ २०७८
2.2K
Shares
भक्तपुर जिल्ला सीसीटीभी जडान समितिलाई सेञ्चुरी बैंकको आर्थिक सहयोग

ई–आर्थिक, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो ११औं स्थापना दिवसको अवसरमा भक्तपुर जिल्ला सीसीटीभी जडान समितिलाई नगद रू. एकलाख आर्थिक सहयोग प्रदान गरेको छ।

उक्त सहयोग रकम बैंकका बागमती प्रदेश प्रमुख दीपेन्द्रबाबु बिष्टले महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख शिवकुमार श्रेष्ठको उपस्थितिमा परिसर कार्यलयमा भक्तपुर जिल्ला सीसीटीभी जडान समितिका कोषाध्यक्ष नवीन प्रजापतिलाई हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा सेञ्चुरी बैंकका बागमती प्रदेश उपप्रमुख प्रचिता श्रेष्ठ, सुकुलढोका शाखाका प्रमुख सुकेश शाक्य र भक्तपुर शाखाका प्रमुख उषा खाँणको पनि उपस्थिति थियो ।

सेञ्चुरी बैंकले भक्तपुरमा तीन शाखामार्फत सेवा प्रदान गर्दै आएको छ ।

समितिका कोषाध्यक्ष प्रजापतिले बैंकको आर्थिक सहयोगबाट भक्तपुर जिल्लाको अपराध अनुसन्धान र अपराध नियन्त्रणलाई परिणाममुखी र प्रभावकारी बनाउन सहयोग पुग्ने बताए।

त्यस्तै बैंकको धुलिखेल शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिक सेवा केन्द्र धुलिखेललाई एक दर्जन कुर्सी, दुइटा टेवल र एक थान दराजलगायतका फर्निचर सामान प्रदान गरेको छ

ज्येष्ठ नागरिक सेवा केन्द्रका अध्यक्ष दिलसुन्दर श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको रहेकी थिइन्।

उक्त अवसरमा बैंकले स्थानीय गीता मन्दिरमा सरसफाइसमेत गरेको थियो। सेञ्चुरी बैंकले काभ्रेमा ७ शाखामार्फत सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij