२०८३ साउन ९ शनिबार

दुई प्रहरी निरीक्षकसँग गृहको स्पष्टीकरण, सेवाबाट हटाउने चेतावनी

ई आर्थिक    बिहिबार, फाल्गुन २६ २०७८
1.6K
Shares
दुई प्रहरी निरीक्षकसँग गृहको स्पष्टीकरण, सेवाबाट हटाउने चेतावनी

ई–आर्थिक, काठमाडौं । गृह मन्त्रालयले दुई जना प्रहरी निरीक्षकसँग सेवाबाट हटाउने चेतावनीसहित स्पष्टीकरण सोधेको छ । गृह मन्त्रालय, प्रहरी कर्मचारी महाशाखाले प्राविधिक प्रहरी निरीक्षकद्वय डा विशालजंग ठकुरी र कार्तिकेश झासँग स्पष्टीकरण सोधेको हो ।

नेपाल प्रहरी अस्पताल महाराजगन्जमा कार्यरत नुवाकोटका ठकुरी ८ कात्तिकदेखि अस्पतालमा हाजिर नभएको गृहले जनाएको छ। उनलाई ७ दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ।

त्यस्तै केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा दरबन्दी रहेका झा २२ कात्तिकबाट कार्यालयमा हाजिर छैनन्। उनलाई पनि ७ दिनभित्र स्पष्टीकरण सोधिएको छ।

अन्यथा दुबैलाई ‘भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने’ गृहसचिवस्तरीय निर्णय भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij