२०८३ साउन ९ शनिबार

माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठक सम्पन्न, माओवादीमा गठबन्धन बचाउन अन्तिम कोसिसमा गर्ने

ई आर्थिक    शुक्रबार, फाल्गुन १३ २०७८
3K
Shares
माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठक सम्पन्न, माओवादीमा गठबन्धन बचाउन अन्तिम कोसिसमा गर्ने

ई–आर्थिक, काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले बोलाउनुभएको केन्द्रीय कार्यालयको विस्तारित बैठक सम्पन्न भएको छ ।

अध्यक्ष प्रचण्डको निजी सचिवालयले आधिकारिक सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै बैठकमा गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने समझदारी भएको जनाएको छ ।

खुमलटारमा भएको यस बैठकमा मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे पार्टीको पूर्ववत् सैद्धान्तिक धारणा रहेको बताइएको छ ।

पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवाले संसद सुचारु र एमसीसी अनुमोदनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट तीव्र बढाउनुभएको छ ।

शुक्रबारको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । यो अवस्थामा सत्ता गठबन्धनलाई अझै बचाउने प्रयास गर्ने माओवादी केन्द्रले जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij