२०८३ साउन ९ शनिबार

युक्रेनी युद्धक विमान राजधानी किभमा खसालियो, प्रतिरोध नगरी चुप लागेको भन्दै युक्रेनी राष्ट्रपतिद्वारा अमेरिकी गठबन्धनको आलोचना

ई आर्थिक    शुक्रबार, फाल्गुन १३ २०७८
3.2K
Shares
युक्रेनी युद्धक विमान राजधानी किभमा खसालियो, प्रतिरोध नगरी चुप लागेको भन्दै युक्रेनी राष्ट्रपतिद्वारा अमेरिकी गठबन्धनको आलोचना

ई–आर्थिक, काठमाडौंं । रुसी सेनाले युक्रेनी राजधानी किभमा युक्रेनी युद्धक विमानलाई खसालेको युक्रेनी गृह मन्त्रालयले दाबी गरेको छ ।

युक्रेनी सुखोयी सु–२७ युद्धक विमानलाई रुसी सेनाले खसालेको युक्रेनी सहायक गृहमन्त्री इभ्गेनी युनिनले बताउनुभएको अमेरिकी समाचार संस्था सीएनएनले उल्लेख गरेको हो ।

प्रतिरोध नगरी चुप लागेको भन्दै युक्रेनी राष्ट्रपतिद्वारा अमेरिकी गठबन्धनको आलोचना

यसैबीच युक्रेनी राष्ट्रपति भ्लोडोमिर जेलेन्सकीले न्याटो गठबन्धनले प्रतिरोध नगरी टाढा बसेर रुसी आक्रमण हेरिरहेको भन्दै आलोचना गर्नुभएको छ ।

एकपछि अर्को भिडियो सन्देशमा उहाँले रुसी आक्रमणको प्रत्याक्रमण गर्नुसाटो न्याटो गठबन्धन टुलुटुल हेरेको टिप्पणी गर्नुहुँदै उहाँले रुसी आक्रमणको प्रतिरोध गर्न आह्वान गर्नुभएको हो ।

सामाजिक सञ्जाल फेसबुकमा प्रसारित भिडियोमा संयुक्त राज्य अमेरिकालाई सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो, ‘‘आज शुक्रबार पनि रुसी आक्रमणको प्रतिरोध हामी (युक्रेनी) एक्लैले गरिरहेका छौँ, हिजो जस्तै एक्लै, तर संसारको सबैभन्दा शक्तिशाली देश दूरदराजबाट नियालिरहेको छ ।’’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij