२०८३ साउन १० आइतबार

डिशहोमले महेन्द्रनगरमा डिलर दाइहरुलाई सम्मान

ई आर्थिक    बुधबार, फाल्गुन ११ २०७८
2.5K
Shares
डिशहोमले महेन्द्रनगरमा डिलर दाइहरुलाई सम्मान

ई–आर्थिक, काठमाडौं । महेन्द्रनगरमा डिश होम, डिश होम फाइबरनेटको माघ महिनामा बिक्री र बिक्रीपछि ग्राहकलाई उत्कृष्ट सेवा पुर्याउने, महेन्द्रनगरका के. पि. ईन्टरप्राईजेज, महेन्द्रनगरका बेताल मोबाईल ग्यालरी र महेन्द्रनगरका मौभेरा मनि ट्रान्सफर लाई उपहार र प्रमाण पत्र प्रदान गरिएको छ । महेन्द्रनगर सर्भिस सेन्टरमा एक कार्यक्रम आयोजना गरेर उनीहरुलाई सम्मान गर्नुका साथै पुरस्कार वितरणसमेत गरिएको कम्पनीले जनाएको छ ।

साथै बिक्रीपछिको उत्कृष्ट सेवा प्रदान गर्ने डिलर दाइहरुलाई कम्पनीका सेल्स म्यानेजर निर्मल आचार्य र सेल्स अफिसर कमल रिमालले प्रशंशा पत्रसहित सम्मान गरेका छन् ।

कार्यक्रममा कैलाली र कंचनपुरका डिस्ट्रिब्युटर, डिलर दाइहरु र कम्पनीका क्षेत्रीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

डिशहोम फाइबरनेटले ग्राहकको आवस्यकता अनुरुप आकर्षक र सहुलियत मूल्यमा विभिन्न प्याकेजहरु ल्याएको जनाएको छ ।

कम्पनीका अनुसार डिश होम प्रयोग गरिरहेका ग्राहकलाई १० एमबीपीएस निशुल्क इन्टरनेट सुविधादेखि ६०० एमबीपीएससम्मको प्याकेज उपलब्ध रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij