ई–आर्थिक, काठमाडौं । नेपालको सुचना तथा सञ्चार क्षेत्रमा अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट लिमिटेडले सेवाग्राहीको निम्ति सुपर रफ्तार अफर ल्याएको छ । यस अफर अन्तर्गत सेवाग्राहीले ६५० एमबीपिएस सम्मको उच्च गतिको इन्टरनेटको लाभ उठाउन सक्नुहुने कम्पनीले जानकारी दिएको छ ।
इन्टरनेटको बढ्दो माग र उच्चस्तरीय सेवालाई पुर्णरुप दिन कम्पनीले यस अफर ल्याइएको जनाएको छ । आफनो आवश्यक्ता अनुरुप सेवाग्राहीले उच्च गतिको इन्टरनेट सेवा अब न्युनतम मुल्यमा प्राप्त गर्नुहुने छ । ६५० एमबीपिएसको इन्टरनेटको साथमा ४ वटा क्लीयर टिभी सब्सकृप्सनको वार्षिक सेवा मात्र रु १७७० प्रति महिनामा प्राप्त गर्नुहुने छ । सर्त तथा नियमहरु लागू हुनेछ ।
सुबिसुका बारेमा :
सुबिसु केबलनेट लि.ले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम.पि.एल.एस भि.पि.एन.एस, व्यानएथर्नेट, होलसेल आइ.पि ट्रान्जिट, एम.भि.पि, डाटा सेन्टर सोलुसन जस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन नेपालमा प्रदान गर्दै आएको छ ।
क्लियर टिभीका बारेमा :
क्लियर टिभी, सुबिसु केबलनेट लिमिटेड, नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवा प्रदायक कम्पनीको उत्पादन हो । यो नेपालको पहिलो डिजिटल केवल टेलिभिजन सेवा हो । जसले एमपीइजी ४ स्टैण्डर्ड डिफिनिशन र हाई डिफिनिशन च्यानल्स केबलमार्फत, कन्डिशनल एक्सेस सिष्टम (कास) को प्रयोग गरी सेटअप बक्सको माध्यमबाट प्रसारण गर्दछ ।