२०८३ साउन १० आइतबार

नेपाल राष्ट्र बैंकद्वारा एलसी खोल्न थप २७ वटा वस्तुको आयातमा कडाई

ई आर्थिक    बुधबार, माघ २६ २०७८
12K
Shares
नेपाल राष्ट्र बैंकद्वारा एलसी खोल्न थप २७ वटा वस्तुको आयातमा कडाई

ई–आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले थप २७ वटा बस्तुको आयातमा कडाई गरेको छ । राष्ट्र बैंकले होर्मोनिक कोडबाट आयात हुने वस्तुको प्रतितपत्र (एलसी) खोल्न कडाई गरेको हो ।

राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले बुधबार एक परिपत्र जारी गर्दै कुल ४७ वटा होर्मोनिक ९एचएस० कोडबाट आयात हुने वस्तुको लागि एलसी खोल्दा ५० प्रतिशत र शत प्रतिशत नगद मार्जिनको व्यवस्था गरेको हो ।

राष्ट्र बैंकका प्रवक्ता डा। गुणाकर भट्टका अनुसार ड्राइ फुड, माछा, मासु, तयारी पोशाक तथा कपडालगायतका वस्तु आयात गर्न कडाइ गरेको हो । होर्मोनिक कोड ०३ बाट सुरु हुने माछा र माछाजन्य अन्य परिकारको आयात गर्दा एलसीमा शतप्रतिशत मार्जिनको व्यवस्था गरेको छ । त्यस्तै अन्य ड्राइ फुडमा पनि एसली खोल्दा आयाकर्ताले शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने भएको छ ।

विभिन्न कपडाहरुको आयातमा पनि कडाइ गरिएको छ ।

विभिन्न तयारी पोशाक, कम्बल ब्ल्याङ्केटजस्ता वस्तुहरुको आयात गर्न व्यवसायीले एसली खोल्दा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने हुन्छ ।

हार्मोनिक कोड ६०, ६१, ६२ र ६३ बाट सुरु हुने वस्तुहरुको आयातको लागि एसली खोल्दा ५० प्रतिशत मार्जिन राख्नुपर्ने र त्यसबाहेक अन्य २३ वटा हार्मोनिक कोडबाट सुरु हुने वस्तु आयात गर्न एलसी खोल्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले यसअघि पुस ५ गते विभिन्न २० वटा हार्मोनिक कोडबाट आयात हुने वस्तुहरु आयात गर्न एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो ।

जसमध्ये विद्युतीय गाडी र मोटरसाइकलबाहेकका अन्य गाडी र मोटरसाइकको आयातको लागि एलसी खोल्न ५० प्रतिशत नगद मार्जिन र त्यसबाहेकका अन्य १८ वटा हार्मोनिक कोडको लागि भने शतप्रतिशत नगद मार्जिनको व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij