२०८३ साउन ९ शनिबार

महालक्ष्मी नगरपालिकामा औद्योगिक ग्राम बनाउने सम्बन्धमा उद्योग मन्त्रालयसँग सम्झौता

ई आर्थिक    बिहिबार, माघ २० २०७८
2.5K
Shares
महालक्ष्मी नगरपालिकामा औद्योगिक ग्राम बनाउने सम्बन्धमा उद्योग मन्त्रालयसँग सम्झौता

ई–आर्थिक, काठमाडौं । धनकुटाको महालक्ष्मी नगरपालिकामा औद्योगिक ग्राम निर्माण हुने भएको छ । महालक्ष्मी नगरपालिका–१ कटहरेमा औद्योगिक ग्राम निर्माण गर्न लागिएको हो । औद्योगिक ग्राम बनाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नगरपालिकाबीच सम्झौता भएको छ ।

सम्झौता पत्रमा उद्योग मन्त्रालयका तर्फबाट सह–सचिव चन्द्रकला पौडेल तथा महालक्ष्मी नगरपालिकाको तर्फबाट मेयर पर्शुराम नेपाल र निमित्त प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर आले मगरले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार औद्योगिक ग्राम निर्माण गर्न उद्योग मन्त्रालयले महालक्ष्मी नगरपालिकालाई ९२ लाख उपलब्ध गराउने भएको छ ।

मन्त्रालयबाट प्राप्त भएको बजेट जग्गा विकास सम्बन्धी काम, आवश्यक मार्ग निर्माण, प्रशासनिक भवन निर्माण लगायतमा खर्च गर्नुपर्नेछ । सम्झौता भएको १५ दिनभित्र नगरपालिकाले विस्तृत सम्भाव्यता अध्ययन ९डीपीआर० थाल्नेछ । तीन महिनाभित्र डीपीआरको स्वीकृत प्रतिवेदन मन्त्रालयमा बुझाउनुपर्नेछ ।

छरिएर रहेका साना उद्योगहरुलाई एकीकृत गरी व्यवस्थित गर्दै उत्पादन र उत्पादकत्व बृद्धि गर्न औद्योगिक ग्रामले सहयोग पुर्याउने अपेक्षा गरिएको छ । स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै नगरबासीलाई स्वरोजगार बनाउन औद्योगिक ग्राम बनाउन लागिएको मेयर नेपालले जानकारी दिए । ‘नगरबासीलाई उत्पादनमूलक क्षेत्रमा जोड्दै उद्योग व्यावसाय क्षेत्रलाई व्यवस्थित गर्न औद्योगिक ग्राम निर्माण गर्न लागेका हौं,’ मेयर नेपालले भने, ‘उद्योग मन्त्रालयसँग सम्झौता भइसकेको छ, अब औद्योगिक ग्राम निर्माणको काम सुरु हुन्छ ।’

औद्योगिक ग्राम निर्माणका क्रममा पूर्वाधार विकास र संरचना निर्माणमा भएको प्रगतिको प्राविधिक प्रतिवेदनका आधारमा मन्त्रालयले थप बजेट उपलब्ध गराउने सम्झौता पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij