२०८३ साउन ९ शनिबार

जाल्पा लघुवित्त र इमर्जिङ नेपालको साधारण सेयर निष्काशन हुँदै

ई आर्थिक    बुधबार, माघ १९ २०७८
3.5K
Shares
जाल्पा लघुवित्त र इमर्जिङ नेपालको साधारण सेयर निष्काशन हुँदै

ई–आर्थिक, काठमाडौं । सर्वसाधारणले आउने दुई साता भित्र दुई कम्पनीको साधारण सेयर (आईपीओं) भर्न पाउने भएका छन् । सर्बसाधारणले आउने शुक्रबारदेखि जाल्पा सामुदायीक लघुवित्त र आगामी साताको बुधबारदेखि इमर्जिङ नेपालको आईपीओ भर्न पाउने भएका हुन् ।

जाल्पा सामुदायीक लघुवित्तको आईपीओ माघ २१ गते शुक्रबारदेखि जाल्पा सामुदायीक लघुवित्तले बिक्री खुल्ला हुँदैछ । लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँका दरले ५ करोड २२ लाख रुपैयाँ ५ लाख २२ हजार कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । जसमा ८ हजार कित्ता कम्पनीका कर्मचारी र २६ हजार १ सय कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आईपीओमा माघ २१ देखि २५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमाद फागुन ६ गतेसम्म आवेदन दिन सकिनेछ । आइपीओमा न्यूनतम १० देखि अधिकतममा ५ हजार २२० कित्ता सम्मका लागि आवेदन दिन सकिने छ ।

यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । आवेदनकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत आवेदन दिन सकिने कम्पनीले जानकारी गराएको छ । यसअघि आइपीओ निष्काशन हुँदा माग भन्दा धेरै गुणा बढी आवेदन पर्ने गरेको थियो । पछिल्लो सयम निष्कासन भईरहेको आईपीओमा २० लाख बढिले आवेदन दिने गरेका छन् । जसले गर्दा लगानीकर्ताले १० कित्ताको लागि आवेदन दिनु नै उपयुक्त देखिन्छ । लक्की ड्र गरेर बाँडफाँड हुने भएकोले भाग्यमानी आवेदनकर्ताले १० कित्ता पाउनेछन् ।

लघुवित्तको आईपीओ धितोपत्र बोर्डको निर्देशिका अनुसार बाँडफाँड हुँदा ५२ हजार २०० जनाले मात्र १० कित्ताको दरले आईपीओ हात पार्नेछन् ।

त्यसैगरी इमर्जिङ्ग नेपाल लिमिटेडले माघ २६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीले निष्काशन गर्न लागेको कुल ५ लाख ५५ हजार कित्ता शेयरमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ । सर्वसाधारणले बाँकी ५ लाख १६ हजार ७०८ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
सो आइपीओमा छिटोमा फागुन १ गते र ढिलोमा फागुन ११ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले कम्पनीलाई इक्रा एनपी आईआर डबल बि प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

हाल कम्पनीको चुक्ता पूँजी ५० करोड ४० हजार रुपैयाँ छ । आईपीओ बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी ५५ करोड ५६ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij