२०८३ साउन ९ शनिबार

फ्लोरिडामा डुंगा डुब्दा वेपत्ता भएका ३९ जनाको खोजीकार्य जारी

ई आर्थिक    बुधबार, माघ १२ २०७८
4.6K
Shares
फ्लोरिडामा डुंगा डुब्दा वेपत्ता भएका ३९ जनाको खोजीकार्य जारी

ई–आर्थिक, फ्लोरिडा । फ्लोरिडाको तटमा शनिबार राति एउटा डुंगा डुब्दा हराइरहेका ३९ जना यात्रुको खोजी कार्य तीव्र पारिएको छ ।

एक माझीले मंगलबार डुंगामा झुन्डिएका एक व्यक्तिलाई देखेपछि डुंगा दुर्घटना भएको सार्वजनिक भएको थियो । अमेरिकाको तट रक्षक अधिकारीहरुका अनुसार दुर्घटनमा बाँचेका ती व्यक्तिका अनुसार बाहामासको बिमिनीबाट शनिबार एउटा समूह डुंगामा चढेको थियो । पहिचान नखुलेका ती व्यक्तिका अनुसार कुनै पनि यात्रुले लाइफ ज्याकेट लगाएका थिएनन् ।

बिमिनी टापु बाहामासको सुदूरपश्चिम क्षेत्र हो, जुन मियामीबाट केबल ८० माइल दूरी टाढा पर्छ डुंगामार्फत मानव तस्कर गरिएको हुनसक्ने तटीय अधिकारीहरुले अनुमान गरेका छन् । मियामीको तट रक्षक निकायले पानी जहाज र विमानमार्फत समुद्रमा डुबेका मानिसहरुको खोजी गरेको जनाएको छ ।

शनिबार दुर्घटना भएको सो डुंगाका यात्रुमध्ये मंगलबारसम्म कुनै पनि जीवित फेला नपरेको प्राप्त विवरणहरुमा जनाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij