२०८३ असोज १ बिहिबार

कामना सेवाको खुद सञ्चालन आम्दानी करिब १ अरब रूपैयाँ

ई आर्थिक    बिहिबार, माघ ६ २०७८
5.1K
Shares
कामना सेवाको खुद सञ्चालन आम्दानी करिब १ अरब रूपैयाँ

ई–आर्थिक, काठमाडौं । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७८–७९ को दोस्रो त्रैमासिकमा सोही वर्षको खुद सञ्चालन आम्दानीको तुलनामा २१ प्रतिशतको वृद्धि दरका साथकरिब १ अरब खुद सञ्चालन आम्दानी गरेको छ । यो त्रैमासिक सम्ममा (गत वर्ष करिब २० करोडको हाराहारीमा रहेको) शून्य गैर सञ्चालन आम्दानी भएपनि कर पछिको नाफा (पीएटी) करिब १२ प्रतिशतले मात्रै घटेको छ ।

बैंकको निक्षेप ४८.९२ अरब पुगेको छ भने कर्जा ४४.९० अरब पुगेको छ जुन तत्कालको आर्थिक वर्षको तुलनामा क्रमशः १०.६९% र १०.९८% ले बढेको हो ।
बैंकको पुँजी पर्याप्तता अनुपात १२.३२% कायम गरेको छ भने प्रति शेयर आम्दानी २१.८७ रहेका छ । बैंकको हालको चुक्तापूँजी ३.१४ अरब र जगेडा कोषमा ९.६७ करोड रहेको बैंकले जानकारी दिएको छ ।

साथै निष्कृय कर्जा अघिल्लो त्रैमासिकमा १.७९% रहेकोमा यस त्रैमासिक सम्ममा १.७७% मा घटेको छ । त्यस्तै, बैंकको पीई रेसियो २५.७४, प्रति शेयर नेटवर्थ १३३.०२ र आधार दर ९.२७% रहेको बैंकको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij