ई–आर्थिक, काठमाडौं । नेपालको सुचना तथा संचार क्षेत्रमा अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट लिमिटेडले आफ्नो २१औ वार्षिक उत्सवको अवसरमा देशभरि २१वटा ठाउँमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
समाजिक उत्तरदायित्वलाई कार्यन्वयन गर्ने उद्देश्यका साथ कम्पनीले यस कार्यक्रम सञ्चालन गरेको हो । रेडक्रस सगँको सहकार्यमा सञ्चालित यस कार्यक्रम देशका विभिन्न स्थानहरु बालुवाटार, धनगढी, नेपालगञ्ज, तौलिहवा, बर्दघाट, भण्डारा, हेटौडा, बीरगंज, लहान, कलैया, गरुडा , लालबन्दी, जलेश्वर, जनकपुर, राजविराज, बिराटनगर, बिर्तामोड, बनेपा, नारायणघाट, चरिकोट ,चपुर मा सफलता पुर्वक सम्पन्न गरेको छ । कार्यक्रम सफल गराउन सहयोग पुर्याउनु भएका सम्पूर्ण प्रति कम्पनी आभारी छ र आउने दिनहरुमा थप विविध यस्तै कार्यक्रमहरु गरि समाजिक उत्तरदायित्वलाई पूर्णरुप गराउन कम्पनी सदैब तत्पर छ ।
सुबिसुका बारेमा :
सुबिसु केबलनेटले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम.पि.एल.एस भि.पि.एन.एस, व्यानएथर्नेट, होलसेल आइ.पि ट्रान्जिट, एम.भि.पि, डाटा सेन्टर सोलुसन जस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन नेपालमा प्रदान गर्दै आएको कम्पनीले जानकारी दिएको छ ।
क्लियर टिभीका बारेमा
क्लियर टिभी सुबिसु केबलनेट, नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवाप्रदायक कम्पनीको उत्पादन हो । यो नेपालको पहिलो डिजीटल केबल टेलिभिजन सेवाहो जसले एमपीईजी फोर स्टैण्डर्ड डिफिनिशन र हाई डिफिनेशन च्यानल केबलमार्फत कन्डिनशल एक्सेस सिष्टमको प्रयोग गरी सेट टप बक्सको माध्यमबाट प्रसारण गर्दछ ।