२०८३ साउन ९ शनिबार

निम्बसले जित्यो कर्पोरेट उत्कृष्ठताको लागि एचआरएम अवार्ड

ई आर्थिक    आइतबार, माघ २ २०७८
3.7K
Shares
निम्बसले जित्यो कर्पोरेट उत्कृष्ठताको लागि एचआरएम अवार्ड

ई–आर्थिक, काठमाडौं । निम्बसले कर्पोरेट उत्कृष्टताको लागि कृषी उद्यम समुहमा एचआरएम अवार्ड फर कर्पोरेट एक्सीलेन्स २०२१ जितेको छ । काठमाडौंमा हालै आयोजित विशेष समारोहका बीच आयोजित प्रथम ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिीलेन्स २०२१’ मा निम्बसले उक्त उपाधी हात पारेको हो ।

अवार्ड जितेपछि निम्बसले कम्पनीको अनुपम र प्रगतिशील विकाशका साथै समग्र नेपालको कृषि क्षेत्रमा पु¥याएको योगदानलाई सम्मान गरेको बताएको छ । निम्बसका कार्यकारी अध्यक्ष आनन्द बगरियाले निम्बसले कृिषजन्य उद्योग मार्फत कर्पाेरेट संस्कार को शुरुवात गरेको र यसको श्रेय हाम्रा गा्रहकहरु तथा लगनशील कर्मचारीहरु भएको बताउनु भएको छ । साथै कृषि उद्यम मार्फत आफुलाई यस क्षेत्रमा अझ दृढताका साथ लाग्न यस अवार्डले हौसला प्रदान गरेको बताउनू भएको छ ।

यो अवार्ड हामीले यस वर्ष मात्र नभई विगतको वर्षहरुमा गरिएको कडा परिश्रमको तयारीको परिणाम हो । आज हामी जहाँ छांै त्यो एकचोटी सम्भव भएको होइन । यो हामीले शुरुका अवस्थामा राखिएको दुरदृष्टि र लक्ष्य प्रतिको लगनशिलता तथा विगतका दिनहरुमा गरिएको तयारीको परिणाम हो ।

निम्बसले सन् २००४ मा देशमै पहिलो पशुपंक्षीको दानाको नविनतम उत्पादन गर्ने उद्देश्य सहित प्रोबायोटेक ईन्डस्ट्रिजको स्थापना गरीे ब्यवसाय सुरुवात गरेको थियो ।

कम्पनीको पशु फिड ब्रान्ड ‘शक्ति’ ले बिस्तारै देशभरी नै ब्यवसाय विस्तार गर्न थाल्यो र अन्ततः नेपालमा सबैभन्दा बढी रुचाइएको ब्रान्ड बन्न पुग्यो । हाल निम्बसमा चार वटा पशु आहाराको उद्योग, माछा दाना उद्योग, सल्भेन्ट उद्योग, रिफाइनरी, दाल उद्योग तथा तोरी तेलको एक्सपेलर भटमासको मस्यौरा उद्योगबाट उत्पादित खाद्य पदार्थ ‘व्यन्जन’ तथा ‘सुनौलो किरण’ ब्रान्डमा उपलब्ध गराइरहेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij