२०८३ साउन ९ शनिबार

ज्योति विकास बैंकको १४ औं वार्षिक साधारणसभा सम्पन्न

ई आर्थिक    आइतबार, पौस २५ २०७८
4.5K
Shares
ज्योति विकास बैंकको १४ औं वार्षिक साधारणसभा सम्पन्न

ई–आर्थिक, काठमाडौं । ज्योति विकास बैंकको १४ औं वार्षिक साधारण सभा बैंकका सञ्चालक समितिका अध्यक्ष हरि प्रसादको अध्यक्षतामा सम्पन्न भएको छ । वार्षिक साधारण सभामा भर्चुअल प्रविधिमार्फत सहभागी हुने व्यवस्थासमेत गरिएको थियो ।

उक्त साधारण सभाले बैंकको आर्थिक वर्ष २०७७र७८ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरेअनुसार सेयरधनीहरूलाई हाल कायम भएको चुक्ता पुँजीको ११ प्रतिशत बोनस सेयर तथा ४ दशमलव ५ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले ११ प्रतिशत बोनस सेयर पारित गरेपश्चात् बैंकको चुक्ता पुँजी २ दशमलव २६ अर्ब पुगेको छ ।

साथै, बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७र७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वार्षिक वित्तीय विवरणहरूउपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।

यसका साथै साधारण सभाको अवसरमा बैंकले तम्घास, मुर्गिया र टाँडीस्थित थप ३ नयाँ शाखा कार्यालयहरूको उद्घाटन पनि गरेको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष प्रसादले डिजिटल प्रविधिमार्फत् क्रमशः माथि उल्लेखित बैंकको १०६ औं, १०७ औं र १०८ औं शाखाको उद्घाटन गरेको थियो । यसपश्चात् उपत्यका र उपत्यकाबाहिर गरी बैंकका शाखा कार्यालयहरूको संख्या १०८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij