२०८३ साउन ९ शनिबार

बागलुङका रेष्टुरेन्ट व्यवसायीद्वारा खाद्य परिकारको मूल्य समायोजन, प्रत्येक परिकारको मूल्य बृद्धि

ई आर्थिक    सोमबार, पौस ५ २०७८
3.6K
Shares
बागलुङका रेष्टुरेन्ट व्यवसायीद्वारा खाद्य परिकारको मूल्य समायोजन, प्रत्येक परिकारको मूल्य बृद्धि

ई–आर्थिक, बागलुङ । खाद्यवस्तु, इन्धनलगायतको बजार भाउ बढेको जनाउँदै यहाँका रेष्टुराँ व्यवसायीले खाद्य परिकारमा मूल्य समायोजन गरेका छन् ।
हालै सम्पन्न रेष्टुराँ व्यवसायीहरुको बैठकले मःम र चाउमिनमा नयाँ दररेट कायम गर्ने निर्णय गरेको थियो । भेज, बफ मःम एक प्लेटको नयाँ मूल्य रु. एक सय २० र चिकेट मःमको रु. एक सय ४० तोकिएको छ ।

यसअघि भेज र बफ मःम प्रतिप्लेटको मूल्य रु. एक सय थियो । चिकेन मःमको रु. एक सय २० थियो । यस्तै भेज चाउमिन एक प्लेटको रु. एक सय २०, बफको रु. एक सय ५० र चिकेनको रु. एक सय ७० दररेट कामय गरिएको छ ।

भेज चाउमिन आधा प्लेटको रु. ६०, बफको रु. ९० र चिकेनको रु. एक सय मूल्य राखिएको छ । व्यवसायीले पाँच वर्षको अन्तरमा मःम र चाउमिनको मूल्य बढाएका हुन् ।

“बजारमा सबैथोकको मूल्य बढेकाले रेष्टराँमा पनि त्यसको प्रभाव परेको हो, यो व्यवसायीको बाध्यता हो” बागलुङ होटल तथा रेष्टुराँ व्यवसायी सङ्घका अध्यक्ष निलेश राजभण्डारीले भन्नुभयो । उहाँका अनुसार रेष्टुराँमा बढी चल्ने मःम र चाउमिनमा मात्रै मूल्य थप गरिएको हो । अन्य परिकारको दररेट भने पुरानै यथावत छ । नयाँ दररेट आजैदेखि लागू भएको सङ्घले जनाएको छ ।

“पाँच÷छ वर्ष भइसकेको थियो मूल्य नबढेको, रेष्टुराँ व्यवसायीहरुको माग अनुसार मूल्य समायोजन गरिएको हो”, उहाँले भन्नुभयो ।

बजारमा ग्यास, तरकारीदेखि दैनिक उपभोग्य वस्तुको मूल्य वर्षेनी बढ्दो छ । सङ्घको तथ्याङ्कअनुसार जिल्लाभर दुई सयभन्दा बढी रेष्टुराँ छन् । यसमा करोडौँमा लगानी छ भने सयौँले रोजगारी पाएका छन् । शहरी क्षेत्रमा रेष्टुराँ संस्कृति बढेसँगै स्तरीय रेष्टुराँ खुल्ने क्रम पनि उत्तिकै छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij