ई–आर्थिक, काठमाडौँ : नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले पनि नयाँ पार्टी घोषणा गर्दैछन् । आज शुक्रबार नयाँ पार्टीको घोषणा भएका हुन ।
खरेलले यसअघि ‘नेपाल सुशासन अभियान’ नामबाट अभियान सञ्चालन गरेका थिए । आज भने औपचारिक रुपमा ‘नेपाल सुशासन पार्टी’ गठन गर्न लागिएको संयोजकसमेत रहेका खरेलले जानकारी दिए ।
खरेलले शुक्रबार अपराह्न साढे ३ बजे अनामनगरस्थित युनियन हाउसमा एक कार्यक्रम आयोजना गरी पार्टी घोषणा गर्ने जनाएका छन् ।
नेपालीको मर्म बुझ्ने, नेपाललाई सफल र शक्तिशाली देशको रुपमा स्थापित गर्नसक्ने तथा मानवता, विकास र समृद्धिलाई स्थापित गर्ने उद्देश्यसहित नेपाल सुशासन पार्टी गठन गर्न लागिएको खरेलको भनाइ छ ।
अन्य राजनीतिक दलहरुले उनलाई आफ्नो दलबाट राजनीति गर्न आग्रह गरिरहेको बेला खरेलले आफ्नै नेतृत्वको दल घोषणा गर्न लागेका हुन् ।