ई–आर्थिक, काठमाडौं : नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नेतृत्व ध्रुव थापाको हातमा गएको छ । थापाले अध्यक्षका अर्का प्रत्याशी करण चौधरीलाई ६६ मतले पराजित गरेसँगै नाडाको नेतृत्व थापाको हातमा पुगेको हो । विजयी थापाले १४१३ मत प्राप्त गरे भने पराजित चौधरीले १३४७ मत प्राप्त गरेका छन् ।
त्यसैगरी सदस्यतर्फ चौधरीको प्यानलका १२ जना र ध्रुव थापा प्यानलबाट ५ जना विजयी भएका छन् ।
मिलनबाबु मल्ल (१४६५), अनुपकुमार बराल (१४६३), राजनबाबु श्रेष्ठ (१४५७), सुरेन्द्र कुमार उप्रेती (१४३२) र सुनिल रिजाल (१४०२) मत प्राप्त गरी विजयी भएका छन् ।

त्यसैगरी सोही प्यानलबाट अभिक ज्योति (१३८३), प्रकाश कपुरी (१३७९), बिक्रम सिंघानिया (१३७१) र गोपाल भट्टराई (१३६५) मत प्राप्त गरी विजयी भएका छन् । त्यस्तै निलमणि पाठक (१३५४), वरदान बस्नेत (१३५०) र पंकज अग्रवाल (१३३४) मत प्राप्त गरी विजयी भएका छन् ।
थापाको प्यानलबाट निराकर श्रेष्ठ (१३६४), यमुना श्रेष्ठ (१३५५), कपिल शिवाकोटी (१३४८), प्रदीपमान प्रधान (१३४६) र आकाश गोल्छा (१३३९) मत प्राप्त गरेका छन् । नाडाका पूर्वसदस्य तथा युवा व्यवसायी दिपक कुमार आचार्य झिनो मतान्तरले पराजित भएका छन् । उनले १३१५ मत प्राप्त गरेका छन् । नाडा निर्वाचन समितिका अनुसार २७ सय ८८ मत खसेको थियो ।
यस्तै ७ जना संस्थागत सदस्य भने निर्विरोध निर्वाचित भएका छन् । मोहनबाबु खड्का, तेजनारायण साह, शुभाष आचार्य, पुष्करराज ओझा, गणेश प्रसाद भट्टराई, सुदेश कुमार श्रेष्ठ र भद्र भण्डारी निर्विरोध निर्वाचित भएका हुन् ।