२०८३ साउन १० आइतबार

नक्कली भ्याट बिल बनाएर राजश्व छली गरेको अभियोगमा मुद्दा

ई आर्थिक    बिहिबार, मंसिर २३ २०७८
2.6K
Shares
नक्कली भ्याट बिल बनाएर राजश्व छली गरेको अभियोगमा मुद्दा

ई–आर्थिक, काठमाडौं । रु एक करोड एक लाख ५२ हजार ३८६ बराबरको राजश्व छली गरेको अभियोगमा राजश्व अनुसन्धान विभागले सत्यम शिवम् कन्सट्रक्सनका सञ्चालक विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागका अनुसार वस्तु तथा सेवा खरिद नै नगरी नक्कली मूल्य अभिवृद्धि कर विजक मात्र खरिद गरेको आरोपमा सो कम्पनीका सञ्चालकद्वय रामकुमार प्याकुरेल र संगीताकुमारी झा विरुद्ध आज मुद्दा दायर गरिएको हो ।

कम्पनीले रु १६ लाख ७७ हजार ३३४ मूल्य अभिवृद्धि कर, आयकरतर्फ रु २९ लाख ४२ हजार ९८२ र चार लाख ५५ हजार ८७७ गरी कूल रु ५० लाख ७६ हजार १९३ बराबरको राजश्व चुहावट गरेको पाइएको छ । विभागले बिगोको दोब्बर सजायको माग गर्दै मुद्दा दायर गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij