२०८३ साउन ९ शनिबार

नाडा निर्वाचनमा ध्रुब बहादुर थापा प्यानलबाट आचार्यको उम्मेद्वारी, सर्वप्रिय आचार्यले लोकप्रिय मत प्राप्त गर्ने अनुमान

ई आर्थिक    बुधबार, मंसिर २२ २०७८
9.1K
Shares
नाडा निर्वाचनमा ध्रुब बहादुर थापा प्यानलबाट आचार्यको उम्मेद्वारी, सर्वप्रिय आचार्यले लोकप्रिय मत प्राप्त गर्ने अनुमान

ई–आर्थिक, काठमाडौं । युवा व्यवसायी दिपक कुमार आचार्यले नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालको आसन्न निर्वाचनमा सदस्य पदमा उम्मेद्वारी दिएका छन् । नाडाको यही मंसिर २२ र २३ गते काठमाडौंमा हुने नयाँ नेतृत्वको लागि हुने निर्वाचनमा उनले सो पदमा उम्मेद्वारी दिएका हुन ।

उनले ध्रुब बहादुर थापा नेतृत्वको प्यानलबाट उम्मेद्वारी दिएका छन् । नाडाको इतिहासमा अटोमोबाइल्स क्षेत्रका सबै सेक्टरलाई समेटेर बनाइएको थापा समूहमा अटोमोवाइल क्षेत्रका दिग्गज र अनुभवि व्यवसायीहरुको टिम रहेको छ । त्यसै टिमबाट आचार्यले आफ्नो उम्मेद्वारी घोषणा गरेर चुनावी मैदानमा उत्रिएका छन् । नाडामा केही फरक तथा नयाँ अवधारणाका साथ यो समूहले ‘अब बनाउनु छ नाडा, सबै व्यवसायीको साझा’ नारा तय गरेको छ ।

सक्षम र अनुभवि टिममा रहेर आफ्नो सिर्जनशीलता, योग्यता, क्षमता र अनुभवलाई भरपुर उपयोग गर्दै सम्पूर्ण व्यवसायीहरुको हितमा काम गर्ने सोचका साथ आफूले उम्मेद्वारी दिएको आचार्यले बताएका छन् ।

हसिलो र मिजासिलो स्वाभावका आचार्यलाई व्यवसायीहरू सबैजसोले प्रिय व्यक्तिको रुपमा लिइने गर्दछन् । उनले यही स्वाभाव र यो क्षेत्रमा खारिएको अनुभवले यो निर्वाचनमा आकर्षक मत प्राप्त गर्ने समेत व्यवसायीबीच चर्चा चलेको छ ।

विगत १० बर्ष देखि नाडामा संलग्न उनी नाडाको यसअघिको कार्यसमितिमा समेत रहेर कार्य गरिसकेको अनुभव रहेको छ ।

परिना इन्टरनेशनल प्रालिका कार्यकारी निर्देशक आचार्य अटोमोवाइलका क्षेत्रमा पुरानो नाम हो । यो क्षेत्रमा उनले करिब तीन दशक समय व्यतित गरिसकेका छन् ।

काठमाठौंका तीनकुनेमा रहेको परिना इन्टरनेशनलले स्कूल बसहरू विक्री गर्नुका साथै निर्माणसँग सम्बन्धित इक्विपमेन्ट विभिन्न मुलुकबाट नेपालमा आयात गरी विक्री वितरण गर्दै आएको छ ।

त्यसैगरी आचार्यको कम्पनीले भेनस इक्विपमेन्ट, सनबीम जेनेरेटर, आसिटेक र प्राइम जस्ता ब्राण्डहरुमा विक्री वितरणमा उनको कम्पनीको संलग्नता रहेको छ ।

लायन्स क्लबलगायत विभिन्न सामाजिक संघ/संस्थामा समेत सक्रिय उनी रिलायन्स फाइनान्स लिमिटेडका प्रबद्र्धक समेत हुन ।

देशको कुल राजश्वमा झण्डै २५ प्रतिशत योगदान र १५ लाख भन्दा बढीलाई प्रत्यक्ष÷अप्रत्यक्ष रोजगारी दिइरहेको देशभरका अटोमोवाइल र त्यससँग सम्बन्धित व्यवसायीको दुई बर्षे कार्यकालका लागि निर्वाचन हुँदैछ ।

ध्रुब बहादुर थापा समूहका उम्मेद्वार को–को ?

१. ध्रुव बहादुर थापा
सदस्य पदका उम्मेदवार
१. आकाश गोल्छा
२. निराकार श्रेष्ठ
३. दिपक कुमार अग्रवाल
४. कपिल शिवाकोटी
५. शुभाआशिष थपलिया
६. प्रदिप मान प्रधान
७. दिपक कुमार आचार्य
८. संजय कुमार खेतान
९. यमुना श्रेष्ठ
१०. अमर ज्योति रंजित
११. भवनाथ पाठक –(बि एन पाठक)
१२. दिपेन्द्र कुमार मिश्रा
१३. नारायण प्रसाद पौडेल (राजन)
१४. नवराज भुसाल
१५. रिद्दी कार्की
१६. प्रकाश सिग्देल
१७. सगुन विर सिं कंसाकार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij