ई–आर्थिक, काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडकोे एकैदिन दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले नवलपरासी, सुस्ता पूर्व जिल्ला देवचुली नगरपालिका वडा नं. १५ प्रगतीनगर तथा नवलपरासी, सुस्ता पूर्व जिल्ला कावासोती नगरपालिका, वडा न १६, डण्डा स्थित शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको हो ।
ग्राहक महानुभावहरुकोे सुविधालाई मध्यनजर गरी अत्याधुनिक सुविधा सम्पन्न कार्यालयद्वारा अझै सहज र छरितो रुपमा सेवा प्रदान गर्ने हेतुले हाल सञ्चालनमा रहेको कार्यालयको पुनर्निर्माण सम्पन्न गरी बैंकका अध्यक्ष सुदिप आचार्यले उद्घाटन गरे ।

सोसल मिडिया बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एसएमएस बैंकिङ जस्ता विभिन्न डिजिटल माध्यमहरुबाट समेत ग्राहक महानुभावहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको यस बैंकले १२९ वटा शाखा, १ वटा विस्तारित काउन्टर तथा ७६ वटा एटीएममार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।