२०८३ साउन १० आइतबार

प्राइम बैंक र नेपाल पेमेन्ट सोलुसन्स बिच भयो डिजिटल सम्झौता

ई आर्थिक    आइतबार, मंसिर १२ २०७८
3.1K
Shares
प्राइम बैंक र नेपाल पेमेन्ट सोलुसन्स बिच भयो डिजिटल सम्झौता

ई–आर्थिक, काठमाडौं : नेपाल पेमेन्ट सोलुसन्स्ले आफ्नोे डिजिटल इकोसिस्टम बिस्तार गर्दै प्राईम बैंकसँग सहकार्यको लागि सम्झौता गरेको छ । नेपाल पेमेन्ट सोलुसन्स् प्रालिको तर्फबाट प्रताप श्रेष्ठ, सी.एक्स.ओ. र अभय रिजाल, सि बि ओ तथा प्राईम बैंकको तर्फबाट नकुल पौडेल, डिजिटल बिजनेशको इन्चार्ज र शिव प्रकाश ढकाल, कार्ड सेन्टरको इन चार्जले आ–आफ्ना्े संस्थाको प्रतिनिधित्व गर्दै सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

यस सम्झौता अनुसार नेपाल पेमेन्ट सोलुसन्स्ले प्राईम बैंकसँग डिजिटल इकोसिस्टम बिस्तार गरेसँगै अब, प्राईम बैंकसँग आवद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्स्को चेक आउट, वन लिन्क, फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पुर्ण सेवाहरु उपयोग गर्न पाउनेछन् । नेपाल पेमेन्ट सोलुसन्स्ले यी सेवाहरु डिजिटल वालेट, रेमिट्यान्स कम्पनीहरु मार्फत उपलब्ध गराएको छ ।

नेपाल पेमेन्ट सोलुसन प्रा. लि. एक भुक्तानी प्रणाली एग्रीगेटर हो जसले विशेष गरी बैंक तथा वित्तिय संस्थाहरु, पीएस्पीहरु, रेमिट्यान्स कम्पनीहरु र व्यवसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्ने गर्दछ । नेपाल पेमेन्ट सोलुसनले अधिकाशं “क” वर्ग, “ख” वर्ग र “ग” वर्गका बैंक तथा अन्य वित्तिय संस्थाहरुसँग सहकार्य गरी काम गरी रहेको छ ।

समग्रमा, नेपाल पेमेन्ट सोलुसन्स् एउटा फिन्टेक क्षेत्रमा नाम बनाईसकेको बलियो कम्पनी हो जसले ५० भन्दा बढि बैंक, २० भन्दा बढि वालेट तथा १५ भन्दा बढि रेमिट्यान्स कम्पनीहरुलाई जोड्दै अघि बढिरहेको कम्पनीको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij