२०८३ साउन ९ शनिबार

एमालेमा पदाधिकारी थपेर सहमतिमा पद भागबण्डा गर्ने प्रयास, पद बागबण्डाको लागि गोदाबरी विधान नै संसोधन गर्ने

ई आर्थिक    शनिबार, मंसिर ११ २०७८
3.9K
Shares
एमालेमा पदाधिकारी थपेर सहमतिमा पद भागबण्डा गर्ने प्रयास, पद बागबण्डाको लागि गोदाबरी विधान नै संसोधन गर्ने

ई–आर्थिक, काठमाडौं । नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशका आकांक्षी नेताको व्यवस्थापन गर्न पार्टीको विधान संशोधन गरिएको छ । गत असोजमा ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनबाट पारित विधानमा गए राति चितवनको सौराहामा भएको केन्द्रीय कमिटीको अन्तिम बैठकले पद सङ्ख्या बढाउने प्रस्ताव बन्दसत्रमा पेश गर्ने निर्णय गरेको हो ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार अब केन्द्रीय कमिटीमा ३०१, पोलिट्ब्युरोमा ९९, स्थायी कमिटीमा ४५, पदाधिकारी ९सचिवालय० मा १९ सदस्य हुनेछन् । ती निकायमा अध्यक्ष र वरिष्ठ उपाध्यक्ष १–१, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३ र सचिव ७ हुनेछन् । यी सबै पदमा सर्वसम्मत गर्ने बैठकले निर्णय गरेको छ ।

 

बन्दसत्रमा सुरुमा विदेशी पार्टी र प्रतिनिधिका तर्फबबाट शुभकामना लिइसकेपछि विधान संसोधन प्रक्रिया अगाडी बढाउने एक नेताले जानकारी दिए । आउँदै गरेको निर्वाचनलाई ध्यानमाा राखेर विधान संशोधन गरिएको एमालेले जनाएको छ

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij