२०८३ साउन ९ शनिबार

एमालेको अध्यक्ष पदमा के.पी. शर्मा ओलीसँग भीम रावल भिड्ने

ई आर्थिक    आइतबार, मंसिर ५ २०७८
2.6K
Shares
एमालेको अध्यक्ष पदमा के.पी. शर्मा ओलीसँग भीम रावल भिड्ने

ई–आर्थिक, काठमाडौं । एमाले अध्यक्षमा के.पी. शर्मा ओलीको प्रतिस्पर्धी नहुने चर्चा चलिरहेकै वेलामा पार्टीका उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा ओलीसँग प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । उनको घोषणासँगै पार्टीको आसन्न महाधिवेशनमा केपी शर्मा ओलीविरुद्ध अध्यक्ष पदमा प्रतिस्पर्धा हुने भएको छ ।

आज एक पत्रकार सम्मेलन गरेर उपाध्यक्ष रावलले उम्मेदवारी घोषणा गर्ने एमाले नेता झपट रावलले जानकारी गराए ।

दुई साताअघि गृह जिल्ला आछाममा आयोजित एक कार्यक्रममा उपाध्यक्ष रावलले अध्यक्षमा प्रतिस्पर्धा गर्ने संकेत गरिसकेका थिए ।

एमाले अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै रावल असन्तुष्ट रहँदै आएका थिए ।

यसअघि एमालेभित्र माधव नेपाल खेमामा रहँदै आएका भीम रावल नेपालले नयाँ पार्टी स्थापना गरेपछि एमालेमै रहेका थिए ।

एमाले बृतमा उनलाई खरो आलोचकका रुपमा चिनिदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij