ई–आर्थिक, काठमाडौं । ज्योति विकास बैंकले निष्काशन गरेको ऋणपत्र स्वीकृत गरेको छ । १.५ अर्ब बराबरको ‘९ प्रतिशत ज्योति विकास बैंक बोन्ड २०८७’ सो ऋणपत्र सूचीकरण गर्ने एक कार्यक्रमका बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
उक्त संझौतापत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र नेपाल स्टक एक्सचेन्ज लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयालले हस्ताक्षर गरेका हुन् ।
यस सम्झौतापश्चात् सो ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा दोस्रो बजारमा कारोबार गर्न सकिने भएको छ ।
सूचीकरण भएको ऋणपत्र धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो दिनबाट नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार सुरु हुनेछ ।
बैंकले एक हजार अंकित दरका १५ लाख कित्ताले हुन आउने ‘ज्योति विकास बैंक बोन्ड २०८७’ ऋणपत्र ९ प्रतिशत वार्षिक ब्याजदरले अर्धवार्षिक रूपमा ब्याज भुक्तानी गर्ने गरी १० वर्ष अवधिका लागि निष्कासन गरेको थियो ।
ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएम मार्फत सेवा उपलब्ध गराउँदै आएको छ।