२०८३ साउन १४ बिहिबार

कुमारी बैंकको डडेल्धुरा शाखा अन्तर्गतका दुईवटा शाखारहित सेवा सञ्चालनमा

ई आर्थिक    बिहिबार, भाद्र २४ २०७८
5K
Shares
कुमारी बैंकको डडेल्धुरा शाखा अन्तर्गतका दुईवटा शाखारहित सेवा सञ्चालनमा

ई–आर्थिक, काठमाडौं । कुमारी बैंक लिमिटेडले थप दुईवटा शाखा रहित सेवा सुरु गरेको छ । बैंकले डडेल्धुरा शाखा अन्तर्गत दुईवटा शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो ।

डडेल्धुरा जिल्लाको अजयमेरु गाँउपालिका वडा नं. २ चमडा बजार र अमरगढी नगरपालिका वडा नं ११ सल्लाघारीमा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको बैंकले जानकारी दिएको छ । उक्त शाखा रहित बैंकिङ्ग सेवा केन्द्रको उद्घाटन डडेल्धुरा उद्योग वाणिज्य संघका अध्यक्ष लोकराज भट्टले गरेका थिए ।

शाखा रहित बैंकिङ्ग सेवा केन्द्रमार्फत ग्रामीण क्षेत्रका जनताले सहज रुपमा आधारभुत बैंकिङ्ग सेवा प्राप्त गर्ने डडेल्धुरा शाखा प्रबन्धक चन्द्र प्रकाश चटौतले जानकारी दिए । सुदूरपश्चिम प्रदेशको भौगोलिक स्थितिलाई मध्यनजर गरेर आगामी दिनमा पनि शाखा रहित बैंकिङ्ग सेवा मार्फत बित्तिय पहुँच बिस्तार र डिजिटल बैंकिङ्घ लाई प्रवद्घन गरिने सुदूरपश्चिम प्रदेश प्रमुख अजय घिमिरेले जनाएका छन ।

कुमारी बैंकले देशभरी १९६ शाखा, १६५ एटिएम, ३० शाखारहित बैंकिङ एजेन्ट तथा १३ वटा बिस्तारित काउन्टरमार्फत बैंकिङ सेवा दिईरहेको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij